×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

एउटै रूखले सडक निर्माणमा अवरोध

  •  
  • मङ्गलबार, भदौ १७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    बारा – वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ ।

    एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध भएको हो । त्यसमाथि कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको सो व्यापारिक मार्गमा परेको एउटा रूखको कटान हुन नसक्दा गत फागुनबाट सो व्यापारिक मार्गको निर्माण कार्य अवरुद्ध भएको हो ।

    उक्त मार्गमा परेका रूखको कटानका लागि टाँचा (छपान) लगाउने बेलामा सो रूख छुट्न गएको हुनाले अहिलेसम्म कटान हुन नसकेको हो । सो रूख पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिवनारायण साहले भन्नुभयो, “वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा परेका रूखको कटानका लागि टाँचा (छपान) लगाउने बेलामा सो रूख छुट्न गएको हो, टाँचा नलगाएको रूख काट्न नमिल्ने भएकाले उक्त रूख अहिलेसम्म काट्न नसकिएको हो ।”

    टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)ले रूखहरूको टाँचा लगाउने बेलामा सो रूखलाई छुटाएको थियो । यसरी कर्पोरेसनले टाँचा लगाउन छुटाएपछि पर्सा राष्ट्रिय निकुञ्जले सो रूख अहिलेसम्म काट्न दिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहलबाट कार्यादेश नआएसम्म सो रूखमा टाँचा लगाई काट्न नमिल्ने स्पष्ट पार्दै प्रमुख संरक्षण अधिकृत साहले सोको लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

    गत फागुनमा पेट्रोलियम पाइप बिछ्याउने क्रममा नौ किलोमिटर सडक खण्डको २५ मिटर क्षेत्रमा परेका रूख काटिए पनि पथलैयादेखि एक किलोमिटर दक्षिणमा रहेको सो रूख काट्न नसकिएको हो । गत आर्थिक वर्षमा उक्त व्यापारिक मार्गमा परेका छ हजार पाँच सय रूख काटिएको थियो । साढे छ हजार रूखमा टाँचा लगाई काट्दा एउटा रूख कसरी छुट्न गएको हो भन्ने कुरा अहिले रहस्य बनेको छ ।

    सडक विस्तारका लागि वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनसमेत अहिलेसम्म निकुञ्जलाई प्राप्त हुन नसकेको जानकारीसमेत उहाँले दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहलबाट कार्यादेश आए पनि वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन निकुञ्जलाई प्राप्त नभएसम्म उक्त रूख काट्न नमिल्ने प्रमुख संरक्षण अधिकृत साहले स्पष्ट पार्नुभयो । बाराको पथलैया प्रस्थान बिन्दु र वीरगञ्जको एकीकृत चेकपोस्ट अन्तिम बिन्दु रहेको सो मार्गको कुल लम्बाइ ३१.६८ किलोमिटर छ । सो मार्ग छ लेनमा विस्तार भइरहेको छ ।

    व्यापारिक मार्ग विस्तार योजना, वीरगञ्ज–पथलैया सडकका योजना प्रमुख सञ्जयकुमार मिश्रले सो रूख काट्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको तथा छिट्टै नै सो रूख काटिने बताउनुभयो । व्यापारिक मार्गको सडक विस्तारतर्फको अहिलेसम्मको भौतिक प्रगति ५० प्रतिशत तथा वित्तीय प्रगति ४२ प्रतिशत र पुल निर्माणतर्फ अहिलेसम्मको भौतिक प्रगति ५४ प्रतिशत तथा वित्तीय प्रगति ४८ प्रतिशत रहेको जानकारी योजना प्रमुख मिश्रले दिनुभयो । सो सडकमार्ग निर्माणका लागि आर/कन्टेक जेभी, शर्मा/युनिटेक बिल्डर्स/दिवा निर्माण सेवा जेभी, एएमआर/पप्पु/कन्टेक जेभी, श्रेष्ठ/बिरुवा/एपेक्स जेभी र पप्पु/लुम्बिनी जेभीसँग २०७३ असार २८ गते ठेक्का सम्झौता भएको थियो । कुल तीन अर्ब १२ करोड ४१ लाख रुपियाँको लागतमा छ चरणमा सो मार्गको निर्माण भइरहेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.