गोरखा समाचारदाता
गोरखा – पोखरामा भएको प्रदेश स्तरीय कराँते प्रतियोगितामा गोरखाले ६ स्वर्ण सहित प्रथम स्थान हात पारेको छ ।
नवआर्दश सामुदायिक विकास समाजले पोखराको लामाचौरमा आयोजना गरेको प्रतियोगितामा गोरखाले ६ स्वर्ण सतिह १ रगत पदक हात पारेर प्रथम हुन सफल भएको कराँते मेन डोजोका प्रशिक्षक ग्याचो लामाले जानकारी दिए ।
तेस्रो स्व.नरबहादुर बानियाँ स्मृती कराँते प्रतियोगितामा कुमुते फाइट र एकल काँता तर्फ बुद्व लामाले २ स्वर्ण सहित उत्कृष्ठ खेलाडी घोषित भएका थिए ।
कुमुते फाइट तर्फ नै विभिन्न तौल समूहमा बिजय आले मगर, फिलेमन गुरुङ्ग, सारदा प्रधान र मनिशा तामाङ्गले प्रतिद्वन्दीलाई हराएर स्वर्ण पदक हात पारेका थिए । त्यस्तै गरी उत्त खेलमा गोरखा सक्षम लामाले रजत पदक हात पारेका थिए ।
प्रदेश भित्रका ११ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको उत्त खेलमा गोरखाले १८ हजार नगर सहित मेडल र प्रमाण पत्र पाएको थियो ।




















