गाेरखा समाचारदाता
गाेरखा – मिटर ब्याजी श्याम परदेशीलाइ प्रहरीले नियन्त्रणमा लिन सफल भएकाे छ । ऋणीहरूकाे ब्यापक जनगुनासा पछी प्रहरीले उनलाइ सर्लाही सदरमुकाम मलङ्गवाबाट पक्राउ गरेको हाे ।
सर्लाहीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईका अनुसार परदेशीलाइ सदरमुकाम मलङ्गवा नगरपालिका–१० स्थित घर नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । परदेशी विरुद्ध आइतवार मात्रै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक भट्टराईले बताए ।
परदेशीले अनपढ तथा गरिबलाइ ऋण लगानी गने र मिटर ब्याज लिने गरेकाे, ऋण दिएकाे निस्सा नदिने, चुक्ता गरेको ऋणको समेत कागज नच्यात्ने, महिलाहरुमाथि अभद्र व्यवहार गर्ने, आफूले भने अनुसार नगर्दा लेनदेनको मुद्दा लगाउने गरेको जस्ता आरोप लागेको छ ।
उनको त्यस्ताे ब्यवहारका कारणा अन्याय सहन नसक्ने अवस्थामा पुगे पछी सर्लाहीका विभिन्न गाउँका स्थानीय न्याय माग्दै हाल सङ्घीय राजधानी काठमाडौं पुगेका थिए ।
पीडितहरुले बिहिवार गृहमन्त्री रामबहादुर थापा (बादल), शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरी न्याय दिलाई दिन माग राखेका थिए ।



