×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आमा छोराको नागरिकतामा बाबुको नाम एउटै

  •  
  • आइतबार, भदौ १५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गाेरखा – जिल्लाको भीमसेन थापा गाउँपालिका–४ धावाको एक परिवारमा अनौठो भएको छ । साबिकको धावा गाउँ बिकास समिति वडा नम्बर–८ डाँडागाउँमा आमा छोराले एकै व्यक्तिलाई बुबा बनाएर नागरिकता लिएका छन् ।

    यो घटना करिब २० वर्ष अघिको हो । स्थानीय चेपा दमिनी र उनका छोरा सबिनकुमार परियार दुबैको नागरिकतामा बाबुको नाम एउटै छ ।

    चेपाले २०५४ साल जेठ २० गते गाउँमै गएको घुम्ती टोली मार्फत बुबा प्याउते दमाइको नामबाट नागरिकता लिएकी हुन् । फेरी उनका छोरा सबिनकुमारले २०६० साल जेष्ठ ४ गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट लिएको नागरिकतामा मामा घरका हजुर बुबा प्याउतेलाई बुबा भनि उल्लेख गरिएको थियो ।

    सबिनका बुबा गोपी पुडासैनीले झुक्याएर प्रशासनको मिलेमतोमा मामाघरको हजुरबुबाको नाम राखि छोरालाई नागरिकता दिलाइ दिएको खुलासा भएको छ । उक्त नागरिकतामा तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको दस्तखत रहेको छ ।

    कसरी बस्यो त प्रेम ?
    चेपा दमिनी कथित तल्लो जातीको महिला हुन । गाउँकै कथित माथिल्लो जातका गोपी पुडासैनीसँग उनको माया प्रेम बस्छ । चेपाले गामबेसी र अर्मपर्म गर्दा गोपी पुडासैनीको घर भएर आउ जाउ गर्नु पर्थोे ।

    देखा देख हेरा हेर हुँदै उनीहरुको बोल चाल हुन पनि थाल्यो । एक दिन उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो । तर गोपीको त्यस अघि नै विवाह भइसकेको थियो ।

    उक्त कुरा चेपालाई पनि राम्रैसँग थाह थियो । चेपाको परिवारले उनको बिवाह अयन्त्रै गरिदिन निर्णय गरे । तर गोपीले बिहे भाडि दिए । अन्नतःउनीहरुको बिबाह भयो ।

    तर गोपीले चेपालाई आफ्नो घरमा भित्र्याउन सकेनन् । उनलाई माइतैमा राखे । समय मिलाएर उनी चेपालाई भेट्न आउथे । जब एक दिन चेपाले आफू गर्भवती भएको सुनाईन अनि गोपी बेपत्ता भए । बिहे दर्ता समेत नभएकोले बुबा प्याउतेको नामबाट उनले नागरिकता लिइन् । त्यत्ति बेला सम्म गोपी फरार नै थिए ।

    गोपी कहिले राजधानी काठमाण्डौं त कहिले भारतको विभिन्नशहर बस्थे । चेपाको कोखमा उनीहरुको मायाको चिनाे हुर्कदै थियो । २०४२ साल कात्र्तिक ८ गते उनीहरुको छोरा सबिनकुमारको जन्म हुन्छ ।

    चेपाले सबिनलाई माइतैमा जन्माएकी हुन् । समय बित्दै गयो । सबिन पनि दिन प्रति दिन हुर्कदै थिए । उनलाई नागरिकताको आवश्यकता परयो । त्यो विचमा गोपी बेलाबखत समय मिलाएर श्रीमती र छोरालाई भेट्न पनि आउथे ।

    एक दिन गोपी आएका बखत सबिनको नागरिकता बनाउने कुरा चल्यो । अनि उनीहरु नागरिकता बनाउन सदरमुकाम आए । भर्खर कक्षा ५ मा पढ्दै गरेका सबिनलाई नागरिकताको बारेमा त्यत्ति धेरै ज्ञान थिएन । तर उनकाबुबा (गोपी)ले झुक्याएर नागरिकतामा मामाघरको हजुरबुबाको नाम बुबा भनि उल्लेख गराए ।

    उनले जिल्ला प्रशासन कार्यालयका कर्मचारी सँग मिलेर मामाघरको हजुर बुबालाई बुबा भनि नागरिता दिलाए पन्छिन खोजेको अहिले खुलेको छ । सो कुरा निरक्षर चेपा र साधरण लेखपढ गरेका सबिनकुमारले थाहा पाएनन् ।

     

    चेपाका बुबा प्याउते पनि उक्त कुरामा बेखबर थिए । रगतको नातामा आमा छोरा पर्ने उनीहरु कानूनी रुपमा दिदी भाई देखिन्छन ।

    नागरिकतामाजालझेल
    छोराको नागरिकता बन्ने भएपछि खुसि हुँदै सदरमुकाम आएकी चेपालाई आफूलाई माया गर्ने मान्छेले यति गैर जिम्मेवार काम गर्छ भन्ने के थाह ?

    जम्मा ५ कक्षा पढेका सबिनलाई पनि जन्म दिने बाबुले यक्ति ठूलो जालझेल गर्लान भन्ने लागेको थिएन । गाउँकै स्थानीय एक व्यक्तिको साहरामा सदरमुकाम आएका उनीहरुलाई गोपीले एक होटलमा बस्न भने ।

    त्यस्काे केही बेर मै नागरिकता प्रमाण-पत्र लगेर सबिनको हातमा थमाएको उनी अहिले पनि सम्झन छन् । ‘हामीलाई त के थाहा ? तिमीहरु उता जानु पर्दैन भन्नुभयो’ उनले भने ‘एकै छिनमा नागरिता बन्यो ला भनेर त्यही ल्याएर दिनु भयो । अनि झोलामा राखेर हामी त घर गयौं ।’

    बुबाले नागरिकता बनाइ दिए भनेर खुसि भएका सबिनले हालसम्म बाबुबाट पाउनु पर्ने कुनै अधिकार पाएका छैनन् । अहिले उनी नाता कायम र अंश मुद्वाका लागि अदालत जाने तयारी छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.