×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

५ ट्रक सहित ७ जना प्रहरी नियन्त्रणमा

  •  
  • शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ललित बसेल

    सुर्खेत, भदौ १३ गते । सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र र सुव्वाकुना क्षेत्रमा गरी दुई दर्जन मृत गाई फेला परे पछि प्रहरीले अनुसन्धानका लागि सात जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने भन्दै नेपालगञ्जको काञ्जी हाउसबाट २९१ वटा गाई आठ वटा ट्रकमा राखेर ल्याएकोमा बिहीबार राती वीरेन्द्रनगर प्रवेशद्वारा मानिने सुव्वाकुना र कटकुवाको भीरबाट खसालिएको बताइन्छ ।

    वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, ७ र १४ को सीमा क्षेत्रमा पर्ने कटकुवामा १६ वटा र सुव्वाकुनामा आठ वटा गाई मृत फेला परेका हुन् ।

    कटकुवा भीरमा खसालिएका मध्ये १६ वटा गाई मरेका छन् भने दुई दर्जन बढी घाइते भएका छन् । अन्य गाई बेवारिसे अवस्थामा छन् । यस्तै सुव्वा कुनामा पनि आठ वटा गाई मृत अवस्थामा भेटिएका छन् । त्यहाँ तीन वटा गाई घाइते अवस्थामा रहेको बताइन्छ ।

    विहीबार राती आठ वटा ट्रकबाट ल्याएर सो क्षेत्रमा गाई भीरबाट खसालेको आरोप स्थानीयले लगाएका छन् । राती नै गाई खलासेर नेपालगन्ज फिर्ता हुन लागेका पाँच वटा ट्रक र सात जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सो क्षेत्रमा दर्जनौं गाई बेवारिसेसमेत छोडेको स्थानीय बताउँछन् । कानमा वीमा कम्पनीको ट्याग लगाइएका ती गाई कसले किन त्यहाँ ल्याएर फाल्यो भन्ने एकीन भइसकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

    सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले बाँके प्रशासनको पत्रका आधारमा नेपालगन्ज उपमहानगरपालिकाले दैलेख लैजाने भनेर गाई ल्याए पनि वीचमै भीरबाट खसालेकोले विस्तृत अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

    प्रजिअ पोख्रेलले दैलेख लैजाने भनेर किन सुर्खेतको जंगलमा गाईलाई फालियो भनेर बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकालाई पनि प्रश्न गरेको जानकारी दिदैं बाँके प्रशासनले ज्युँदा गाई फिर्ता लैजाने भनेर जवाफ दिएको जानकारी दिनुभयो । मृत गाईका बारेमा पशु चिकित्सकको टोलीले घटनाको अध्ययन अनुसन्धानसमेत गरिसकेका छन् । यसैवीच जिल्ला प्रशासन कार्यालय बाँकेबाट जीवित गाईलाई फिर्ता लिन एउटा टोली आएको बताइन्छ ।

    दुई दर्जन गाईको मारिएको विषयमा सुर्खेतमा सर्वसाधारणले विरोध जनाएका छन् । विभिन्न सामाजिक संजालमार्फत नेपालगन्जबाट सुर्खेतको कटकुवा र सुव्वाकुना क्षेत्रमा गरी दुई दर्जन गाईलाई फालेर हत्या गरिएकोमा विरोध जनाइएको छ ।

    स्थानीय सूर्यप्रकाश कँडेलले गौहत्यामा संलग्नलाई कारबाहीको माग गर्नुभएको छ । यस्तै चन्द्रप्रकाश कँडेलले पनि गौहत्यालाई मानिसको आपराधिक मानसिकताको पराकाष्टा भएको बताउनुभएको छ ।

    यता नेपालगञ्ज उपमहानगरपालिकाले विज्ञप्ति जारी गरी दैलेखको श्रीस्थान पठाउनका लागि लगिएका गाई सुर्खेतमै केही मृत्यु भएको बारे सत्य पत्ता लगाउन छानविन समिति गठन गर्ने जनाएको छ ।

    उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिलसिंह हमालले काञ्जी हाउसमा स्थान अभावले दैलेख श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवामा अशक्त भएर हो वा रोगले मृत्यु भएकोवारे सत्यतथ्य पत्ता लगाउन प्रशासनको समन्वयमा छानविन समिति गठन गर्ने जानकारी दिनुभएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.