गोरखा समाचारदाता
गोरखा – तनहुँको बन्दिपुर गाउँपालिका चुनपहरा क्षेत्रमा कारले पैदल यात्रीलाई ठक्कर दिदाँ एक महिला घाईते भएकी छिन ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बन्दिपुर गाउँपालिका ४ को चुनपहरा क्षेत्रमा पोखरा देखी संघिय राजधानी काठमाण्डौं जादै गरेको बा.१ च १३९७ नम्बरको कारले ठक्कर दिदाँ सोही स्थान बस्ने मनिसा परियार घाईते भएकी थिइन ।
घाईतेको डुम्रेमा रहेको एक अस्पतालमा उपचार भई रहेको र घटनामा संलग्न रहेको कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।




















