×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

राजनीतिले असफल पारेको एउटा सफल उद्योग

  •  
  • बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नवीन ढुंगाना

    काठमाडौं – गोरखाली रबर उद्योगको खरदार पदमा जागिर सुरु गर्दा ईश्वर परियार १९ वर्षका थिए । मझुवा देउराली, गोरखाका उनी अहिले ४८ वर्षका भए । २०४८ सालमा आफ्नो गाउँघरमै खुलेको नेपालको एक मात्र रबर उद्योगमा ‘फाइनल फिनिसर’ रहेका परियारले श्रेणीविहीन अधिकृत स्तरबाट गत माघ ३ गते अवकाश पाए ।

    जीवनको उर्वर २७ वर्ष बिताएको उद्योगबाट बाहिरिँदा परियारले सञ्चय कोष, उपदान जस्ता कुनै सुविधा पाएनन् । उनी जस्ता करिब ३३० जनाले लामो समय उद्योगमा गरेको श्रमको पूर्ण ज्याला पाएका छैनन् । यसको एउटै कारण हो–उद्योगमा साढे चार वर्षदेखि लागेको ताला ।

    गोरखकालीमा युवावय बिताएका सबै कामदारले टायर उद्योगका लागि मात्र काम लाग्ने सीप सिके । देशमा त्यो सीप–अनुभव काम लाग्ने अर्को उद्योग नहुँदा गोरखकालीबाट बिदा भएका सबै बेरोजगार रहेको परियार बताउँछन् ।

    नेपालमा सवारी साधन आयातदर धमाधम बढिरहेको बेला टायर उत्पादन गर्ने सरकारी कम्पनीको रुपमा गोरखकाली रबर उद्योग लिमिटेड स्थापना भएको थियो । मुलुकको एक्लो कम्पनी हुनुको सुविधा उपयोग गर्दै, क्षमता बढाउँदै जोडतोडले बजार हिस्सा कब्जा गर्न लाग्नु पर्ने कम्पनी राजनीतिक भर्तिको कारणले सञ्चालन भएको २१ वर्ष चल्दै गर्दा २३ चैत २०७१ बाट बन्द हुन पुग्यो ।

    काल बन्यो राजनीति

    राजधानी काठमाडौंबाट १२० किलोमिटर पश्चिममा छ, गोरखाको मझुवा देउराली । त्यहाँको ५६६ रोपनी क्षेत्रफलमा २०४१ सालमा शिलान्यास भएको गोरखकाली रबर उद्योगले २०५० बाट उत्पादन सुरु गरेको थियो । कच्ची सडकमा चल्ने गाडीहरुका लागि यो उद्योगको टायर भारतीय र चिनियाँभन्दा राम्रो मानिन्थ्यो ।

    उद्योग सञ्चालन भएको करिब दुई दशकसम्म ‘अफ रोड’ यात्रामा निस्कने सबै किसिमका गाडीका लागि गोरकाली टायर अनिवार्य जस्तै बनेको केमिकल ईन्जिनियर कामेश्वर यादव बताउँछन् । उनका अनुसार नेपालमा एकलौटी बजार पाएको यो उद्योगको सुरुवाती उत्पादन भारत, श्रीलंका र बंगलादेश निर्यात समेत भएको थियो ।

    चीन सरकारको सहयोगमा निर्मित उद्योगको वार्षिक उत्पादन क्षमता ८० हजार ट्रक टायर र अन्य प्रकारका ४० हजार टायर थियो । तर, नेपाल सरकारले २०५० सालमा सञ्चालन गर्दा वार्षिक ८८ हजार थान टायर उत्पादन गर्न थालियो । त्यसमा ट्रकका लागि १२ प्रकारका, जीप/भ्यानका लागि पाच प्रकारका र कारहरुको लागि छ प्रकारका टायर थिए ।

    गोरखकालीका टायर बिक्रीका लागि नारायणगढ, पोखरा, विराटनगर, काँकडभिट्टा, इटहरी, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज लगायत प्रमुख शहरमा बिक्री डिपोहरु थिए । उद्योगका चौथो तहका कर्मचारी डिपो प्रमुख तोकिन्थे ।

    नवौं तहबाट अनिवार्य अवकाश पाएका केमिकल ईन्जिनियर यादव उद्योगमा छिरेको राजनीतिलाई ‘पल्केकोे काल’ मान्छन् । स्थापनाको १४ वर्षसम्म उत्कृष्ट नतिजासहित सञ्चालनमा रहेको उद्योग राजनीति छिरेको करिब आठ वर्षमा बन्द नै हुन पुगेको उनले स्मरण गरे ।

    उद्योगको गेटभित्र राजनीति छिराउने काम तत्कालिन नेकपा (एमाले)ले गरेको थियो । २०६२/०६३ ताका केमिकल ईन्जिनियर विनोदकुमार तिवारी उद्योगको महाप्रबन्धक थिए । डेढ वर्षदेखि काम गरिरहेका उनी गोरखकाली रबर उद्योगको कुशल महाप्रबन्धकमध्ये एक मानिन्थे । तर, जनआन्दोलनलगत्तै तत्कालीन नेकपा एमालेको जोडबलमा उद्योग बाहिरका लक्ष्मीदास मानन्धरलाई सञ्चालक समिति अध्यक्ष बनाइयो ।

    राजनीतिक नियुक्ति पाएर गोरखकालीमा छिर्ने बित्तिकै मानन्धरले डेढ करोड भन्दा बढी नाफामा उद्योग संचालन गरिरहेका तिवारीलाई महाप्रबन्धकबाट हटाएर धनगढी डिपोमा सरुवा गर्ने चाँजोपाजो मिलाए । दशौं तहका महाप्रबन्धकलाई चौथो तहका कर्मचारीले सम्हाल्ने डिपोमा सरुवा गरिदिएपछि उद्योगमा अराजकताको बिउ रोपिएको उद्योग सम्बद्ध स्रोत बताउँछ ।

    तिवारीलाई पन्छाएर विषयविज्ञ ईन्जिनियर महाप्रबन्धक हुने उद्योगमा साल्ट ट्रेडिङ लिमिटेडका पाँचौं तहका कर्मचारीलाई महाप्रवन्धकमा नियुक्त गरियो । उद्योगका एक कर्मचारी भन्छन्, ‘नयाँ महाप्रवन्धकमा विषयगत ज्ञान र क्षमता दुवै नभएपछि जे हुनु थियो, त्यही भयो ।’

    सुधार प्रयास पनि भयो तर…

    मानन्धरपछि उद्योग मन्त्रालयका सहसचिव जीतबहादुर थापा गोरखकालीका अध्यक्ष भए । अध्यक्ष थापाले उद्योग सुधार गर्न तिवारीलाई महाप्रवन्धकमा फर्काउन गरेको प्रयासलाई सरुवा पत्र नै च्यातेर असफल पारिएको उद्योग स्रोतले भन्यो ।

    ‘त्यसपछि त उद्योगको केन्द्रीय कार्यालयमा नभई नहुने कर्मचारीलाई डिपोमा सरुवा गर्नेदेखि बजार प्रतिनिधिमा पार्टीका कार्याकर्ता नियुक्ति गर्नेसम्मका नकामहरु भए’, एकजना पूर्व कर्मचारी भन्छन्, ‘नाफामा रहेको उद्योग ठाडो ओरालो लाग्यो ।’

    उनकाअनुसार, एमालेले उद्योगमा भित्र्याएको राजनीतिमा तत्कालीन माओवादी र नेपाली कांग्रेसले पनि भाग खोज्ने, नपाए असहयोग गर्ने गर्न थालेपछि उद्योग थला पर्दै गयो । २०७० साल सम्ममा त उद्योगले ५०० टायर उत्पादन गरोस् कि पाँच हजार सञ्चालक समितिलाई मतलबै नभए झैं देखिएको ती पूर्व कर्मचारी बताउँछन् । ‘कर्मचारीहरुले न प्रोत्साहन पाए न नसिहत’, उनी भन्छन्, ‘व्यवस्थापन नै अराजकताको नमूना बनेपछि सुधारको कुनै गुन्जायस रहेन ।’

    उत्पादन बन्द गरेर वार्षिक आठ अर्बको टायर आयात

    २०४० को दशकमा उद्योगका लागि ‘म्यानुअल’ मेसिनरी भित्र्याइएका थिए । धमाधम आउन लागेका नयाँ–नयाँ प्रविधिका सवारी साधन सुहाउँदो अटो प्रणालीका मेसिनहरु भित्र्याउनु पर्ने समयमा उद्योगमा राजनीति घुस्यो । त्यही अवधिमा बाहिरबाट ट्यूबलेस टायरहरु आउन थाले ।

    स्तरोन्नती गरेर बजारमा प्रतिस्पर्धी बन्नु पर्ने महत्वपूर्ण समयमा उद्योग कर्मचारीलाई दुई वर्षसम्म तलब समेत दिन नसक्ने अवस्थामा जकडियो । सरकारले आर्थिक सहयोग पनि गर्‍यो, तर उद्योगमा सुधार हुन सकेन । अन्ततः कच्चा पदार्थ आयात गर्नु परेको, विदेशी टायरको तुलनामा उत्पादन महँगो भएको, बजार हिस्सा गुमेको जस्ता कारण देखाउँदै २३ चैत २०७१ बाट नेपालको एक मात्र रबर उद्योग गोरखकालीको उत्पादन बन्द भयो ।

    गोरखकाली रबर उद्योग बन्द भएको आर्थिक वर्ष २०७१/०७२ मा २३ करोड २९ लाख ४३ हजार रुपैयाँको टायर आयात भयो । त्यसको तीनवर्ष पछि (आव ०७५/७६ मा) आठअर्ब छकरोड ६३ लाख ३१ हजार रुपैयाँको टायर आयात भएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ ।

    नेपालमा भारत, चीन, इटाली, अमेरिका, इजिप्ट, दुबइ, ब्राजिल, चेक रिपब्लिकदेखि दक्षिण अमेरिकी मुलुक निकरागुवासम्मका टायर आयात भएका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.