गाेरखा समाचारदाता
गाेरखा – पाल्पाकाे एक विद्यालयमा बेहोस भएकी छात्राको मृत्यु भएको छ।
पाल्पाकाे रम्भा गाउँपालिका वडा नं ५ ताहुँ स्थित रम्भा माविमा कक्षा १० मा अध्ययनरत् कमला फाल बुधबार बिहान १० वेहाेस भएकी थिइन ।
बिहान ७ः३० बजे विद्यालयमा कोचिङ क्लास लिन जाने क्रममा सडकमा एक्कासी ढलेकी उनकाे मृत्यु भएकाे पाल्पा प्रहरी कायार्लयले जानकारी दिएकाे छ ।
प्रहरी कायार्लयले दिएकाे जानकारी अनुसार उनको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा बाटोमा नै मृत्यु थियाे ।
विद्यालय प्रशासनले दिएकाे जानकारी अनुसार छात्रा फाल विगत २ वर्षदेखि बेहोस भइरहने गरेकाे थियाे ।
पूर्वखोला गाउँपालिका–६ हेक्लाङ घर भएका उनी विद्यालय नजिकै कोठा भाडामा बस्दै आएकी थिइन्।




















