कैलासबावु श्रेष्ठ
गोरखा – गोरखा सदरमुकाममा रहेको सब स्टेशनमा समस्या आए पछि ३६ घण्टा देखी गोरखामा बिद्युत अवरुद्व भएको छ । बिद्युत अवरुद्व हुदा जन जिवन प्रभावित भएको छ ।
८ गते साँझ आकस्मिक रुपमा परेको चट्याङ पछि साँझ ८ बजे देखी अबरुद्व भएको सव स्टेशन बुधबार बिहान सम्म पनि सञ्चालननमा आउन सकेको छैन । सव स्टेशन अवरुद्व हुदा गोरखा बजारमा पानीको हाहाकार भएको छ भने नेपाल टेलिकमको टावरमा समेत समस्या आउन थालेको छ ।
बिद्युत अवरुद्व भएकै कारण ईन्टरनेटमा समस्या आए पछि बैंकको कारोवारमा समेत समस्या भएको छ । यता दैनिक रुपमा निस्कने स्थानिय पत्रिकाहरु देखी सदरमुकाममा मात्र रहेको ५ वटा एफएम पुर्ण रुपमा बन्द भएको छ ।
विद्युतकै कारण जिल्ला अस्पताल देखी निजि क्लिनकहरुमा समेत समस्या देखिएको छ । सरकारी कार्यालयको काममा बाधा परेको छ । उद्योग कलकारखाना बन्द भएका छन । गर्मीले स्कुलमा विद्यार्थीहरुलाई अध्यापन गराउन गारो भएको छ ।
सव स्टेशनमा समस्या आए पछि पोखरा देखी आएको ग्रिडका टोलीले समेत पत्ता लगाउन नसके पछि बुधबार बिहान मात्रै मध्य मस्र्यादी देखी प्राविधकहरुको टोली आएको बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका ईन्जिनियर कृण्ण कडेले बताए ।
ईन्जिनियर कडेलका अनुसार गोरखा सव स्टेशनको विद्युत अवरुद्व हुदा ३ वटा फिडरबाट आधा गोरखाका २० हजार घर प्रभावित भएको बताए ।



