गाेरखा समाचारदाता
गाेरखा – टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित तिनै जना धराैटीमा रिहा भएका छन ।
चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले रबि लामिछानेलाइ ५ लाख धरौटीमा रिहा गरेकाे हाे ।
रबि संगै पत्रकार युवराज कँडेल तीन लाख धराैटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा मात्र रिहा भएकी छीन् ।
रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नु पर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो।
उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछाने लगायत अभियुक्त विरुद्धको मुद्दा पूर्वाग्रह पूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए।




















