×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

शालिकराम आत्महत्या दुरुत्साहन मुद्दा : कति बलियो छ आरोपपत्र ?

  •  
  • सोमबार, भदौ ०९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • केवल भिडियो रेकर्डलाई आधार बनाएको प्रहरीले आत्महत्याको दुरुत्साहन मुद्दामा अरु प्रमाण जुटाउन चुकेको देखिन्छ

    कृष्ण ज्ञवाली

    काठमाडौँ — चितवनको कंगारु होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा चितवन प्रहरीको प्रतिवेदनका आधार सरकारी वकिलको कार्यालयले सञ्चारक्रमी रवि लामिछानेसहित तीन जना विरुद्ध ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको मागदाबी गरेको छ । जिल्ला अदालत चितवनमा सोमबार आरोपितमाथिको बयान सकिएपछि अनि त्यसपछि थुनछेक बयान सुरु भएको छ ।

    कुनैपनि व्यक्ति विरुद्ध कुनै कसुरको आरोप लगाउनुपूर्व प्रमाण चाहिन्छ। प्रमाण र अन्य तथ्यकाबारेमा विस्तृत विवरण उल्लेख गरिएको व्यहोरालाई अभियोगपत्र भनिन्छ।सञ्चारकर्मी लामिछाने विरुद्ध पेस भएको अभियोगपत्र कत्तिको बलियो छ त? जिल्ला अदालत चितवनबाट कान्तिपुरले २३ पेज लामो अभियोगपत्र प्राप्त गरेको छ। के छ त अभियोगपत्रमा?

    १. अस्मिता कार्की

    अभियोगपत्रमा दुरुत्साहनका कारण शालिकराम पुडासैनीले आत्महत्या गर्न बाध्य भएको निष्कर्ष निकाल्दै त्यसको प्रमुख आरोपितको रुपमा रुकु भनिने अस्मिता कार्कीलाई प्रस्तुत गरिएको छ। आरोपपत्रमा शालिकरामकी पत्नी सम्झनाको किटानी जाहेरी, बरामद भिडियो अनि केही व्यक्तिहरुको मौकाको कागजलाई महत्वपूर्ण प्रमाणका रुपमा पेश गरिएको छ। आत्महत्याको घटनापछि न्यूज २४ का पत्रकारहरुले आफूलाई सम्पर्क गर्न खोजेको र उनीहरुले कार्यक्रम बनाउन खोजेको भन्ने अस्मिताको बयान छ। बयानको यो भागलाई प्रहरीले आत्महत्याअघिको घटनाको रुपमा चित्रित गरी रवि र युवराजका साथमा अस्मिता समेत योजनाकार रहेको भनी चित्रित गरेको छ।

    प्रहरीको दाबी अनुसार, रवि लामिछाने, युवराज कँडेल अनि अस्मिताले जालझेल गरी आत्महत्या गर्न बाध्य बनाएको दाबी आरोपपत्रमा छ। मोबाइलमा कैद भएको भिडियोबाट रवि लामिछाने, युवराज कँडेल अनि अस्मिता भनिने रुकु कार्कीले दुःख तथा मानसिक पीडा दिई आत्महत्या गराउन बाध्य बनाएको अनि मृतक शालिकराम पुडासैनीकी पत्नी सम्झना घिमिरेको किटानी जाहेरीले समेत त्यसको औचित्य पुष्टि हुन्छ भनिएको छ।

    बयान हेर्दा प्रहरीले आरोपको प्रमुख प्रमाणको रुपमा भिडियोका साथै अस्मिताको बयान अनि शालिकरामसँग पछिल्लो समय सम्पर्क भएकी प्रमिला भन्ने व्यक्तिको मौकाको कागजलाई आधार बनाएको छ। कतिपय बयानका विवरण र अन्य तथ्य भने प्रहरीले आफू अनुकुल प्रयोग गरेको देखिन्छ। प्रमिलाकै मौकाको बयान हेर्ने हो भने शालिकरामको भिडियो रेकर्डसँग बाझिन्छ। प्रमिलासँग शालिकरामले आफ्नो पूर्वप्रेमिकाको विवरण पाएर अस्मिता रिसाएको भन्ने मुद्दाको मिसिलमा उल्लेख छ। तर यर्थामा सम्झता शालिकरामकी पूर्वप्रेमिका नभएर पत्नी थिइन, जुन कुरा मौकाको बयान गर्ने प्रमिलालाई पनि थाह नभएको देखिन्छ।

    शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनिन् अस्मिताले ?

    अस्मिताले विवाहित रहेका शालिकरामले यथार्थ विवरण नखुलाई आफूलाई धोका दिएको बताएकी छन्। यथार्थ विवरण थाह पाएपछि आफू उसँग टाढा हुन खोजेको अनि सम्बन्ध राम्रो नहुँदा पनि फोन गरी दुःख दिएको विवरण खुलाएकी छन्। प्रहरीमा अस्मिताले गरेको बयान अनुसार, यो कुरा उनले क्यामेरापर्सन अनिल ढुंगेल मार्फत रवि र युवराजलाई पनि थाह दिन भनेकी थिइन्। अस्मिताले ‘अनिल ढुंगेल, युवराज कँडेल र रवि लामिछानेविच सल्लाह गरी योजना बनाई निज शालिकराम पुडासैनी हतोस्साहित हुने किसिमले ब्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ’ भनी बयान दिएको प्रहरीको दाबी छ। प्रहरीले भनेको छ, ‘सोही कारणबाट शालिकराम पुडासैनीले आत्महत्या गरेको हुनुपर्छ भन्दै बयान गरेको देखिएबाट अभियोग पुष्टि हुने।’

    प्रहरीले घटनाको अनुसन्धानका क्रममा ‘प्रमिला शर्मा भूषाल’ नामकी महिलालाई प्रस्तुत गरेको छ। उनको दाबी अनुसार आत्महत्याको दिन बिहान शालिकरामले उनीसँग कुरा गरेका थिए। ‘प्रमिलाको कागजबाट पनि मलाई रेप मुद्दा हाल्ने समेत भनेका छन् भनी हतास अवस्थामा बताएको देखिन्छ’ आरोपत्रमा भनिएको छ, ‘अर्का गोकर्णनाथ न्यौपानेको भनाई अनुसार विक्षिप्त हुने गरी मानसिक तनाव दिएका कारण सो दुःख सहन नसकी शालिकरामले आत्महत्या गरेका हुन्।’

    प्रहरीको दाबी अनुसार, अस्मिताले आफूसग शालिकरामले गरेको कुराकानी रविको टिमलाई दिएको आधारबाट पनि उनले कसुर गरेको पुष्टि हुन्छ। उनले न्यूज २४ मा गएर फोटो खिचेर समेत कार्यक्रम प्रशारण गरिदिने भनी मृतकलाई धम्की दिएको स्वीकार गरेको दाबी प्रहरीको छ। प्रहरीले अभियोग खण्डमा भनेको छ, ‘मानसिक यातना दिएकी तथा बलात्कार मुद्दामा फसाइदिने जस्ता कुरा गरी दुःख हैरानी दिएकी।’

    प्रहरीले अभियोग लगाएपनि यथार्थ भने फरक छ। प्रहरीकै प्रतिवेदनमा समावेश अस्मिताको बयानमा एक साताअघि शालिकराम विवाहित भएको थाह पाएपछि उबाट टाढा हुन खोजेकी थिइन्। त्यसपछि शालिकरामले फोन गरी बाटो समेत छेकेर दुःख दिने गरेको बयानमा उल्लेख छ। ‘रविहरुलाई भनेमा मलाई पिछा गर्न छुटाइदिन्छन् कि भन्ने सोचेको हो’ अस्मिताले प्रहरीसँगको बयानमा भनेकी छन्, ‘अनि अनिललाई भेटेर रविलाई जानकारी दिनु भनेको हो। घटना भएपछि अनिलले कुनै म्यासेज डिलिट नगर्नु भनेको भनी खबर गरेपछि मात्रै थाह भयो। उनीहरुले भेटन खोजेका थिए तर मैले भेटिनँ।’

    प्रहरीले प्रमुख आरोपको रुपमा बलात्कारको झुटो अभियोग लगाउने धम्कीका कारण शालिकरामले आत्महत्या गरेको दाबी गरेको छ। तर त्यसलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने प्रमाण अभियोगपत्रका साथ पेश छैन। प्रमाणविना केवल मौकामा कागज गर्ने व्यक्तिले बोकेको कुरा आधिकारिक हुँदैन। उनीहरुको बयान सत्य हुन त्यसलाई सावित गर्ने प्रमाणहरु पनि अभियोगका साथ पेश गर्नुपर्छ, जसमा प्रहरी र सरकारी वकिल समेत चुकेका छन्।

    २. युवराज कँडेल

    न्यूज २४ का पत्रकार युवराज कँडेलमाथिको अभियोग अझै रोचक छ। प्रहरीले ‘सिधा कुरा जनतासँग’ को कार्यक्रममा युवराजले काम गराउने गरेका मृतक शालिकरामलाई समाचार बनाउने क्रममा गाली गर्ने गरेको भन्दै बयान गरेको’ भनी त्यो बयानले दुरुत्साहन पुष्टि हुने दाबी गरेको छ। कार्यक्षेत्रमा मातहतका सहकर्मीहरुसँगको सम्बन्ध र व्यवहार दुरुत्साहन पुष्टि गर्ने प्रमाण होइन, तर प्रहरीले त्यसैलाई प्रमाण मानेको छ।

    आत्महत्या नै थियो शालिकरामको

    रवि लामिछानेको बयानबाट पनि ‘युवराजले शालिकरामलाई कार्यक्षेत्रमा गाली गर्ने गरेको’ भन्दै प्रहरीले त्यसलाई दुरुत्साहनको प्रमुख आधार बनाएको छ। अस्मिताको म्यासेज युवराजले पाएकाले पनि उनको भूमिका पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ। आरोपपत्रमा भनिएको छ, ‘युवराजले दिएको दुःख, पीडा अनि दुरुत्साहनका कारण शालिकरामले आत्महत्या गरेको देखिन्छ।’ तर प्रहरीले अस्मिताले दिएको म्यासेजलाई युवराजले कसरी दुरुत्साहनमा प्रयोग गरे भन्नेबारे खुलाउन सकेको छैन।

    प्रहरीले कतिसम्म आरोप लगाएको छ भने रविहरुको कार्यक्रमलाई प्रभावित बनाई शालिकराम पुडासैनीले अन्यत्र टेलिभिजनमा समानान्तर कार्यक्रम सञ्चालन गरेको भनी रविको समूहले रिसइवी लिई बसेको देखिन्छ। युवराजमाथि समेत त्यही आरोप दोहोर्‍याउँदै सरकारी वकिल यदुनाथ शर्माले रिसइवी साँध्न दुरुत्साहन गरेको अभियोगपत्र तयार परेका छन्। अभियोगपत्रमा भनिएको छ, ‘रिसइवी साँध्न आफूलाई प्रेम गरी धोका दिएको भनी बदला लिन चाहेकी अस्मितासँग मिली शालिकरामका फोटाहरु तथा म्यासेजहरु प्रसारण गरिदिने भनी डरत्रास देखाई अनावश्यक रुपमा मानसिक यातना तथा दुःख हैरानी दिएको।’ तर युवराजले आफूलाई यसबारेमा बृहत रुपमा केही थाह नभएको भनी इन्कारी बयान दिएका छन्। रविको टिमले शालिकरामका फोटा र म्यासेज प्रमाण गर्नका लागि गरेको तयारी, त्यसको योजना र ती क्रियाकलापबाट दुरुत्साहन भएको पुष्टि हुने प्रमाण अभियोगपत्रका साथमा छैनन्।

    ३. रवि लामिछाने

    रवि लामिछानेमाथि आरोप लगाउनुका पछाडि प्रहरीले मुख्यतः चार आधार लिएको देखिन्छ। शालिकरामकी पत्नी सम्झनाको किटानी जाहेरी, आत्महत्याअघिको भिडियो रेकर्ड अनि रविको बयान। जाहेरी र भिडियो रेकर्डमाथि यसअघि नै चर्चा भइसकेको छ। रविले बयानका क्रममा भनेका थिए, ‘मैले निजको विरुद्धमा कार्यक्रम बनाएको भनी कसैले भनिदिएको समेत हुनसक्छ र आत्महत्या गरेको हुनसक्छ।’ उनले अनुमान गरेको त्यही विषयलाई प्रहरीले प्रमुख प्रमाण मानिदियो।

    पेशागत प्रतिस्पर्धा र सम्बन्धलाई समेत प्रहरीले जबरजस्ती प्रमाणको रुपमा खडा गरेको छ। प्रहरीको दाबी अनुसार शालिकराम अन्यत्र टेलिभिजनमा समानान्तर कार्यक्रम सञ्चालन गर्न रविको टिम छाडेका थिए। अभियोगपत्रमा रविबारे भनिएको छ, ‘यी प्रतिवादीले आत्महत्या गर्नुपर्नेसम्मको अवस्था सिर्जना गरी दुरुत्साहन गरेका कारणले कसुर पुष्टि हुने ठहर्छ।’ तर आत्महत्याअघि सिधा कुरा जनतासँगमा शालिकरामको विषयमा कार्यक्रम गर्ने तयारी हुँदै थियो भन्ने प्रमाणित गर्ने आधार प्रहरीले पेश गरेको छैन।

    रविले बयानका क्रममा भनेका छन्, ‘शालिकरामले एक लाख रुपैयाँ पाउने गरी माउन्टेनको मार्केटिङमा काम पाएको बताएकापछि छाडेका हुन्। पछि भने मिसन न्यूज भनिने कार्यक्रममा गएका रहेछन्।’ घटनाको केही दिन अघि शालिकरामको बाहिर प्रेमिका भएको अनि उनले शालिकरामबाट केही समस्या भोगी रहेको भनेको सुनेको बताएका छन्। उनले भनेका छन्, ‘घटनाको अघिल्लो दिन कार्यक्रम नभएकाले चाडै सुतेँ। भोलिपल्ट मात्रै मरेको थाह भयो।’

    प्रहरीले अभियोगमा तीनैजनामाथि आरोप लगाउनुका पछाडि प्रमिला शर्मा भूषालले ‘मौकामा गरेको कागज’लाई महत्वपूर्ण प्रमाणको रुपमा लिएको छ। प्रमिला को हुन् भन्ने आरोपपत्रमा खुल्दैन। तर कागज अनुसार, उनले छ महिनाअघि मात्रै शालिकरामसँग चिनाजान गरेकी हुन्। घटनाको दिन बिहानै शालिकरामले प्रमिलालाई फोन गरेका रहेछन्। शालिकरामको भनाई उदृत गर्दै प्रमिलाले भनेकी छन्, ‘साउन २० गते मेरो छुटेको प्रेमिकाको बारेमा हालको प्रेमिकाले थाह पाई न्यूज २४ को एकजना मानिससँग मिलेर मलाई फसाउन खोजेको हो।’
    रवि समर्थक र प्रहरीबीच चितवनमा झडप

    शालिकरामले आफूले अस्मितालाई जागिर लगाइदिएको भन्दै अहिले भने आफूसँगको कुराकानी अन्यत्र लिक भएको भनेका रहेछन्। शालिकरामकै शब्दमा, ‘मलाई बलात्कार मुद्दा हाल्ने भनेका छन्। यसो गर्दा मेरो बेइज्जत हुने भयो।’ प्रमिलाको दाबी अनुसार, मर्ने दिन बिहान कुराकानीका क्रममा शालिकराम निकै आत्तिएको मनस्थितिमा थिए। शालिकरामले ‘मलाई न्यूज २४ का केहीसँग मिलेर योजनावद्ध रुपमा सिध्याउँदैछन्’ भनेको भनी प्रमिलाले प्रहरीमा कागज गरेकी छन्।

    प्रहरीले अभियोगको दसी प्रमाणको रुपमा मृतकको भिडियो, मोबाइल सेट अनि शालिकरामले डोरी किनेको सिसिटिभी फुटेज पेस गरेको छ। अनि मृतक र आरोपितका साथै अन्यसँग भएको कुराकानको कल डिटेल रेकर्डहरु पेस गरेको छ। आरोपित तीनैजनाको मोबाइल परीक्षण प्रतिवेदन अनि अनि न्यूज २४ टेलिभिजनको सीसीटिभी फुटेज पनि पेस भएको छ। दसी र अन्य प्रमाणको सयवटा सूची बनेपनि दुरुत्साहनको आरोप स्थापित हुने खालका विवरणको अभाव देखिन्छ।

    प्रमाण ऐन र सर्वोच्च अदालतले प्रतिपादन गरेका विभिन्न नजिर अनुसार, ‘मृत्युकालीन घोषणा’ प्राथमिक प्रमाण होइनन्। ज्यानसम्बन्धी मुद्दामा तबमात्रै मृतकले मर्ने बेलामा बोलेको कुरालाई प्रमाणका रुपमा स्वीकार गर्न मिल्छ, जब त्यसलाई अन्य प्रमाणले समेत पुष्टि गरेको हुन्छ। प्राथमिक प्रमाणविना मृत्युकालीन घोषणा मुद्दाको निर्णायक प्रमाण हुन सक्दैन। अर्कोतर्फ आत्महत्याका क्रममा दिइने वक्तव्य वा नोटलाई कानूनतः ‘मृत्युकालीन घोषणा’ मानिँदैन। मृत्युकालीन घोषणा त प्रमाणित हुन अन्य प्रमाणहरु विद्यमान हुनुपर्छ भने त्योभन्दा कमजोर प्रमाण मानिने ‘सुसाईड नोट’ पुष्टि हुन झनै दरिलो प्रमाण आवश्यक पर्छ।

    तर प्रहरीले भने भिडियो रेकर्डका आधारमा दुरुत्साहनको मुद्दा चलाएको देखिन्छ। अरु विवरण र प्रमाणबाट आफ्नो अभियोग पुष्टि गर्ने अवसरबाट प्रहरी चुकेको छ। अदालतले प्रहरीले पेश गरेको अभियोग र प्रमाणलाई कुन रुपमा लिन्छ, त्यसकै आधारमा तीनै जना आरोपितहरु पुर्पक्ष थुनामा रहने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने तय हुनेछ। यसका लागि कम्तिमा पनि सोमबार अबेर वा मंगलबारसम्म पर्खनुपर्ने हुनसक्छ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.