×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नदीजन्यपदार्थ व्यवस्थितगर्नेदेखि पर्यटन वर्ष मनाउनेसम्मका योजना

  •  
  • सोमबार, भदौ ०९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गाेरखा – जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थितगर्ने बताएको छ ।

    जिल्ला सदरमुकाममा भएको तेश्रो जिल्ला सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले उक्त कुरा बताएका हुन् ।

    दरौंदी, चेपे, भुसुन्डे, बुढीगण्डकी लगायतका नदि खोलाहरुमा अत्याधिक उत्खनन तथा संकलन भएको भन्दै त्यसबाट पर्न सक्ने प्रतिकूल असरलाई कम गर्न स्थानीयतहरुसँग समन्वय गरी बैकल्पिक उपायको खोजी गरिने उनले बताए । चालु आर्थिक वर्षका लागि १८ बुँदे नीति तथा कार्यक्रम सभामा पेश भएको छ ।

    जिल्लाका सरकारी तथा गैरसरकारी संघ सस्थाबाट सञ्चालित बिकास निर्माणको अनुमन, ती कार्यालयले गरेका कामको विवरण संकलन गरी अध्यावधिक गर्ने, गैर सरकारी संस्थाहरू संग आवश्यक छलफल गर्ने, जिल्लाको सन्तुलित विकासको लागि विज्ञहरुसँग अन्र्तक्रिया गरी प्राप्त सुझावका आधारमा अघि बढ्ने लगायतका नीति जिससले अघि सारेको छ ।

    यसैगरी जिल्लाभित्र रहेका फरक क्षमता भएका, असाय बाल बालिकाहरुको संरक्षण र पालन पोषणको व्यवस्था मिलाउने, किशोर किशोरीलाई सामाजिक रुपान्तरणमा समाहित गराउने, नेपाल भ्रमण वर्षलाई लक्षित गरी धार्मिक, सांस्कृतिक महत्व बोकेका क्षेत्रहरु गोरखा दरबार, गोरखनाथ मन्दिर, मनकामना मन्दिर, लिगलिगकोट, भीमसेन पार्क लगायत जिल्लाका हरेक स्थानीयतहमा रहेको बस्तुहरूकाे प्रचारप्रसार गर्दै प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भम्रण वर्ष २०१९ लाई टेवा पुरयाउने खालका गतिविधि सञ्चालन गर्ने जिल्ला समन्वय समितिले योजना बनाएको छ ।

    त्यस्तै समाजमा व्याप्त महिला हिंसा, जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि अभियान चलाउने, जेष्ठ नागरिक सुरक्षा कार्यक्रम तथा दिवा सेवा केन्द्र सञ्चालनका लागि पहल गर्ने सरकारी बजेट अनुपादक क्षेत्रमा खर्च हुनबाट जोगाउने, स्थानीय विपद् व्यवस्थापन समितिलाई प्रभावकारी बनाउन भूमिका खेल्ने, प्राकृतिक विपत्ती कम गर्न वृक्षारोपण कार्यक्रमलाई जोड दिने, स्थानीयतहको कामलाई पारदर्शी बनाउने, कृषिलाई आधुनिकरण गराउँदै विषादीको प्रयोग न्यूनीकरणमा प्रोत्सान गर्ने जस्ता नीति अघि सारिएको छ । यसै गरी केन्द्र, प्रदेश, स्थानीयतह र संघसंस्थाले गरेका विकास निर्माणका कामको अनुमनलाई प्रभावकारी बनाएर जिससको प्रतिवदेनका आधारमा भूक्तानी दिने व्यवस्था गर्ने समेत निर्णय भएको छ ।

    २० करोडको बजेट पेश

    जिल्ला समन्वय समितिले चालु आर्थिक वर्षमा बैठक व्यवस्थापन तथा सञ्चालन, सामाजिक क्षेत्र, बिकास निर्माण अन्य विविद्य कार्यक्रम गर्ने प्रस्ताव सभामा पेश गरेको छ ।

    जस अनुसार बजेट समेत विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको लागि जिल्ला समन्वय समितिलाई २० करोड २६ लाख ८६ हजार ८० रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

    जस अनुसार केन्द्रियअनुदान १ करोड २५ लाख ७६ हजार, कर्मचारी/पदाधिकारीको तलब पारिश्रमिक तथा विपन्न भत्ता ८३ लाख ९२ हजार, करार सेवाशुल्क ४ लाख २६ हजार, कार्यालय सञ्चालन २२ लाख २८ हजार, कार्यक्रम खर्च (समिक्षा सहित) ४ लाख ५० हजार, अनुमन तथा भम्रण खर्च ९ लाख ४० हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्तहुने अनुदान ५ लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ६ लाख, गत वर्षको मौज्दात कोषको प्रशासनिक खर्च वापतको ३ लाख ७ हजार ७ हजार ३८, गरिबको लागि विश्वेश्वर कार्यक्रमको २ लाख ९९ हजार र जिल्ला समन्वयको मौज्दातकोष कार्यक्रमको १८ करोड ८४ लाख ३ हजार ३ सय २४ गरी कुल २० करोड २६ लाख ८६ हजार ८० रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरिएको हो ।

    कार्यक्रममा गत आर्थिक वर्षको आय व्यवबारे पनि छलफल भएको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए । सभामा पेश भएको प्रस्ताव सामान्वय संशोधन सहित पास भएको उनले बताए । कार्यक्रममा ११ वटै स्थानीयतहका प्रमुख उप प्रमुखहरुले समय लिएर आ-आफ्नो कुरा राखेकाथिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.