गोरखा समाचारदाता
गोरखा – चितवनको फिस्लिङ नजिकै भारतिय नम्बरको ट्रक र नेपाली ट्याक्सी एक आपसमा ठक्कर खादा ट्याक्सीमा सवार ४ जना घाईते भएका छन । घाईते सबैलाई उपचारको लागि भरतपुर लगिएको छ ।
मुग्लिन प्रहरीले दिएको जानकारी अनुसार मुग्लिन देखी राजधानी तर्फ जादै गरेको HR ५८ A ८१०२ नम्बरको भारतीय ट्रक र राजधानी देखी मुग्लिन तर्फ आउदै गरेको बा.२ ज २५४ नम्बरको ट्याक्सी चितवनको फिस्लिङ नजिकै एक आपसमा ठक्कर खादा ट्याक्सीम सवार चारै जना घाईते भएका थिए ।
घाईत सबैलाई भरतपुर उपचारको लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।



