×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

लाञ्छनामा उत्रिए नेपाल–ओली, स्विकारेनन् स्वास्थ्यलाभको कामना

  •  
  • शुक्रबार, भदौ ०६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठक ‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरू विषयले प्रवेश नै पाउन सकेन ।

    सहभागी एक नेताका अनुसार संवाद यतिसम्म ‘तल’ पुग्यो कि नेता नेपालले ‘स्वास्थ्यलाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईंको स्वास्थ्यलाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।

    पार्टीका गत शुक्रबार र आइतबारको बैठकका निर्णयलाई लिएर नेता नेपालले सातबुँदे लिखित असहमति राखेका थिए । बिहीबारको बैठकमा त्यही लिखित असहमति र त्यसपछि नेताहरूबीच उत्पन्न तरंगले प्रवेश पायो । नेता नेपालले आफूमाथि लाञ्छित गर्दै फेसबुकमा लेख्ने सांसद तथा हालै प्रेस संगठनको इन्चार्ज घोषणा गरिएका नेता राजेन्द्र गौतमको प्रसंग झिके ।

    उनले ‘जे पायो त्यही लेखेको’ भन्दै गौतमलाई कारबाही गर्नुपर्ने धारणा राखे । त्यो कुरा ओलीलाई चित्त बुझेन । ओलीले नेपाललाई ‘तपाईंले पनि बुधबार पत्रिकालाई प्रयोग गरेर के–के लेखाउनुभएछ’ भन्दै सातबुँदे असहमतिपत्रमा आपत्ति जनाए । ‘तपाईँचाहि जे पायो त्यही कुरा पत्रिकामा छपाउँदै हिँड्न मिल्ने, अनि अरूले चाहिँ केही लेखे भनेर कारबाही गर्नुपर्ने ?’ भन्दै उल्टै नेपालमाथि ओली खनिए । त्यसपछि माहौल तात्दै गयो ।

    अध्यक्ष ओलीले आफू सिंगापुर जान लागेको र आफ्नो अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक गर्न सक्ने भन्दै जिम्मेवारी दिए । ‘पार्टी एकताका बाँकी काम टुंग्याउनका लागि अध्यक्षले बैठक गर्नुहुन्छ तर निर्णय गर्दा मेरो पनि सहमति लिनुहोस्,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उताबाट टेलिफोनमै कुराकानी गर्न सकिन्छ ।’

    ओलीले यहाँ बैठक बसे पनि आफ्नो सहमतिबिना निर्णय नगर्न भनेपछि नेता नेपाललाई झोंक चल्यो । उनी कड्किए, ‘मेरो विमति हुँदा निर्णय हुन्छ भने तपाईंको विमतिमा चाहिँ किन हुँदैन ? यो कम्युनिस्ट पार्टी हो, सामूहिक निर्णयमा चल्छ, तपाईं जति नै भोट मैले पनि ल्याएको छु ।

    तपाईँचाहिँ सुपरम्यान हो र ? तपाईं फस्ट एमङ द इक्वल (बराबरीमध्येको पहिलो) त हो नि । मैले पनि पार्टीको नेतृत्व गरेको छु ।’ पार्टी एकतापछि नेता नेपालले अहिलेसम्म दुइटा लिखित असहमतिपत्र पार्टीमा दर्ता गराइसकेका छन् । त्यसैले आफ्नो असहमतिका बीच निर्णय भएकोमा उनको व्यापक असन्तुष्टि छ ।

    नेपालले ‘अध्यक्ष छुट्टै नहुने र अनुपस्थितिमापनि निर्णय हुन सक्ने’ खालको कुरा गरेकोमा ओलीलाई थप चित्त बुझेन ।

    ओलीले ‘पार्टीको अध्यक्ष म कि तपाईँ ?’ भन्दै नेपालप्रति आक्रोश व्यक्त गरे । त्यसपछि नेपालले ‘म पनि पार्टीको प्रमुख भएर काम गरेको हुँ, सामूहिक निर्णयमा चल्नुपर्छ’ भन्दै जवाफ फर्काए ।

    ओली र नेपालबीच चर्काचर्की बढेपछि अन्य नेताहरूलाई पनि असहज भयो । महासचिव विष्णु पौडेलले अध्यक्ष उपचारका लागि जान लागेको भन्दै बैठकबाट स्वास्थ्य लाभको कामनासहितको प्रस्ताव पास गर्ने विषय प्रवेश गराए । स्वास्थ्यको विषयमा पनि ओली र नेपालबीच सवालजवाफ चर्कियो । नेपालले ओलीलाई ‘ल स्वास्थ्य लाभको कामना छ’ भने । ओलीले ‘स्वास्थ्य बिग्रियोस् भनेर हिँड्नेको स्वास्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।

    ओलीले स्वास्थ्य बिग्रियोस् भन्दै हिँडेको आशयको आरोप लगाएपछि नेता नेपाल झनै जंगिए । ‘मैले कहाँ भनेको छु प्रमाण देखाउनुहोस्, छानबिन कमिटी बनाउनुहोस् । तपाईं यतिसम्म भन्ने ? म तपार्इं जस्तो छुद्र कुरा गर्ने मान्छे होइन,’ उनले जवाफ फर्काए । ‘मानवीय संवेदनशीलताको विषयमा मैले कतै टिप्पणी गरेको रहेछ भने त्यसलाई पुष्टि गर्नुहोस्’ भन्दै नेपाल चर्किए ।

    त्यसपछि सचिवालयमा थप छलफलको माहौल बनेन । ओलीले नेपाललाई लाञ्छित गर्ने र स्वास्थ्य लाभको कामना गर्नुपर्दैन भनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि ‘त्यस्तो नभनेको भए हुने’ भन्दै ओलीलाई सम्झाए । ‘स्वास्थ्य लाभको कामना गर्दा लिन्न भन्न हुँदैन’ भन्दै अन्य नेताहरूले ओलीलाई आग्रह गरे पनि दुई नेताबीच पुनः सौहार्द छलफल हुने वातावरण बनेन । त्यसपछि सचिवालयको बैठक समापन भयो ।

    प्रधानमन्त्री ओली बिहीबार सिंगापुर गएका छन् । अब उनको अनुपस्थितिमा अध्यक्ष दाहालले बैठक बसेर पार्टी एकताका काम अघि बढाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टी एकताको १५ महिना हुन लाग्दा पहिलो पटक अध्यक्ष दाहालले पार्टीको एकल अध्यक्षता गरी बैठक सञ्चालन गर्ने अधिकार पाएका छन् । बराबरी हैसियतका दुई अध्यक्ष भने पनि अहिलेसम्मका सबै बैठक ओलीकै अध्यक्षतामा हुँदै आएका थिए ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.