×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

७ हजार बढीले लिएनन् दोस्रो किस्ता

  •  
  • बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मिया

    गाेरखा – जिल्लामा झण्डै साडे सात हजार भूकम्प पिडितले दोेस्रो किस्ता लिएका छैनन् ।

    पहिलो किस्ता बुझेर घर नबनाएका ७ हजार ४ सय २६ लाभग्राहीले दोस्रो किस्ता लिन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईको तथ्यांकमा उल्लेख छ ।

    भूकम्प गएको झण्डै ५२ महिना बितिसक्दा समेत पहिलो किस्ता लिएर बसेका सो संख्याका लाभग्राहीले घर बनाउन आनाकानी गरेका हुन् ।

    ५ हजार ३ सय ५३ प्रवलीकरणका सहित ७१ हजार १ सय ६२ लाभग्राही रहेको गोरखामा हालसम्म ६७ हजार ८७ जनाले पहिलो किस्ता बुझेका छन् भने ५९ हजार ६ सय ६१ जनाले मात्रै दोस्रो किस्ता लिएका हुन् ।

    ‘पहिलो किस्ता लिएर पनि घर नबनाउनेलाई हामीले बारम्बार ताकेता गरिरहेका छौ’ इकाईका जिल्ला प्रमुख रामशरण आचार्यले भने ‘केहि भरखरै पहिलो किस्ता लिने छन् भने केहि चाहि पूरानै पनि हुनुहुन्छ ।’

    यसरी पहिलो किस्ता लिएर घर नबनाउनेमा सबैभन्दा बढी पालुङ्टार नगरपालिकाका लाभग्राही छन् । जहाँ १ हजार ५ सय ६० जनाले दोस्रो किस्ता नै लिएका छैनन् ।

    त्यस्तै गोरखा नगरपालिकामा १ हजार ४ सय ४४ छन् भने शहिद लखन गाउँपालिकामा १ हजार १ सय ११ जनाले पहिलो किस्ता लिएर पनि घर नबनाउदा दोस्रो किस्ता पाउन सकेका छैनन् ।

    त्यस्तै गरी सिरानचोकमा ८ सय ६२, गण्डकी गाउँपालिकामा ५ सय २७ ले दोस्रो किस्ता लिन बाँकी देखिन्छ ।

    इकाईमा प्राप्त तथ्यांक अनुसार धार्चेमा ४ सय ७, चुमनुब्री र आरुघाटमा बराबर ३ सय ५८, भिमसेन थापा गाउँपालिकामा ३ सय ३६, सुलिकोटमा २ सय ९७र सबैभन्दा कम अजिरकोटमा १ सय ६६ जनाले दोस्रो किस्ता लिन बाँकी रहेकोे देखिन्छ ।

    यो संख्यामा प्रवलीकरणमा रहेकाहरुले लिएको पहिलो किस्ताको संख्या समेत राखिएको छ । तर सो संख्या अत्यन्त न्यून रहेको इकाईले जनाएको छ ।

    यसरी पहिलो किस्ता लिएर पनि घर नबनाएकाहरुलाई घर पुर्ननिर्माणको काम सुरु गर्न राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सूचना निकालेको छ ।

    ‘कि घर बनाएर दोस्रो किस्ताको प्रकृयामा आउनुप¥यो हैन भने पहिलो किस्ता फिर्ता गर्नुपरयो’ इकाईका प्रमुख आचार्यले भने ‘अब उहाँहरुलाई प्राधिकरणले कार्तिक मसान्तसम्मको समयसिमा दिएको छ, त्यसमा पनि अटेरी गरे प्राधिकरणले कारबाहीको प्रकृया अघि बढाउला ।’ इकाईले सम्बन्धित स्थानीय पालिका मार्फत ताकेता गरिरहेको जनाएको छ ।

    घर पूर्ननिर्माण सम्पन्न गरी जिल्लामा हालसम्म ५३ हजार ९ सय १३ जनाले तेस्रो किस्ता बुझेका छन् भने ३१ जनाले घर नबनाउने भन्दै पहिलो किस्ता फिर्ता गरेको इकाई प्रमुख आचार्यले बताए ।

    यता प्राधिकरणले तोकेको असार मसान्तसम्मको समयसिमा भित्र समेत अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिएका ४ हजार ३ सय ३१ भूकम्पपिडितको नाम लाभग्राहीबाट हट्ने भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.