गाेरखा समाचारदाता
गाेरखा – सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा रमण श्रेष्ठको चयन हुने निश्चित भएको छ । पूर्व महान्यायाधिवक्ता श्रेष्ठको नाममा दलका ३ शीर्ष नेताले बुधबार सहमति जनाए पछि श्रेष्ठ अध्यक्षमा चयन हुने निश्चित भएको हाे ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिलाई श्रेष्ठको नाम सिफारिस गर्न निर्देशन दिइएको हाे ।
सरकारले आयोगको अध्यक्ष सिफरिसको लागि गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
श्रेष्ठको नाम सिफारिस हुने लगभग निश्चित भएपछि द्वन्द्व पीडितहरुको संस्था साझा चौतारीले भने विरोध गरेको छ । सिफारिस समितिको बैठक बुधबार अपरान्ह ५ बजे बस्दै छ । समितिको आजको बैठकले श्रेष्ठको नाम सिफारिस गर्ने निश्चित भएको छ।




















