×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

करारको भरमा गोरखा अस्पताल

  •  
  • बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलिमिया

    गाेरखा – सदरमुकाममा रहेको एक मात्र सरकारी अस्पताल दुई महिनादेखि प्रमुख बिहिन छ ।

    ५५ शैया भनिएको गोरखा अस्पतालमा यसअघिका मेडिकल सुपरिटेण्डेन डा. श्रीराम तिवारी भरतपुर अस्पतालमा सरुवा भए यता गण्डकी प्रदेश सरकारले प्रमुख नखटाउदा अस्पतालको ब्यवस्थापन भद्रगोल बनेको छ ।

    आश्चार्य लाग्दो कुरा त के छ भने अहिले अस्पताल करारमा रहेका डाक्टरकै भरमा चलेको छ । अस्पतालमा कार्यरत स्थायी डाक्टरहरुको एकपछि अर्को गर्दै अन्यत्र जिल्ला सरुवा भएपछि हाल गोरखा अस्पताल करारका डाक्टरले धान्नुपर्ने बाध्यता बनेको हो ।

    ‘अस्पतालमा समस्याका चाँङै चाँङ छन्’ हाल प्रमुखको निमित्तमा रहेका डा. सफलनाथ सुवेदीले भने ‘ब्यवस्थापकियदेखि आर्थिकसम्म सबैजसो प्रमुखकै भरमा हुन्छन्, यै बेला बिल्डिङ भत्किएको छ, स्थायी डाक्टर पनि छैनन्, हामी सबै करारका हौ, धेरै अधिकार पनि नहुने, तर सेवा चाहि दिनुपर्ने, साह्रै समस्या भो ।’

    तत्कालिन प्रमुख तिवारीले स्थायी मेडिकल अधिकृत सिलु अर्याललाई निमित्त दिएर गएका थिए । तर अर्याल समेत समायोजनका कारण म्याग्दी जिल्ला अस्पतालमा सरुवा भएर गएपछि करारमा रहेका सुवेदीले निमित्तको जिम्मेवारी सम्हालेका छन् ।

    गण्डकी प्रदेश सरकार अन्तरगत रहेको सामाजिक विकास मन्त्रालयले प्रमुख खटाउन ढिलाई गर्दा अहिले अस्पतालमा औषधी र अन्य अत्यावस्यक सामग्रीको समेत अभाव हुन थालेको स्रोत बताउछ ।

    त्यसो त दरबन्दी अनुसार कर्मचारी नहुदा सधै समस्याको भुमरीमा फस्दै आएको जिल्ला अस्पतालमा हाल भएका पनि अन्यत्र सरुवा हुदा सेवा झनै खस्किएको छ । ‘स्टाफ धेरै कम छन्, भएका पनि धेरै गएसकेका छन्,’ निमित्त प्रमुख सुवेदीले भने ‘लथालिङ्गको अवस्थाबाट गुज्रनु बाहेक अरु विकल्प छैन ।’

    यता अस्पताल विकास समिति पनि प्रमुख नहुदा सेवा प्रभावित बनेको स्विकार्छ । समितिका तर्फबाट पटक पटक प्रदेश सरकार र मन्त्रालयमा अनुरोध गर्दा समेत सुनुवाई नभएको अध्यक्ष पुरुषोत्तम अर्यालले गुनासो गरे ।

    ‘हामीकहाँ भएका डाक्टर चाहि तुरुन्त अन्त पठाइहाल भन्ने अनि यहाँ चाहि पठाउन नपर्ने यो कस्तो नियम हो’ अर्यालले दुखेसो गरे ‘पटक पटक मन्त्री, साँसदलाई भन्यौ, यत्रो महिना भइसक्यो, हुन्छ हुन्छ मात्रै भन्छन् ।’

    केहि समययता गोरखा अस्पतालको प्रमुखमा डा. गुणराज लोहनी नै आउने चर्चा चलेपनि हिजो मात्रै उनले कोशी अञ्चल अस्पतालमा प्रमुखको पदभार सम्हालिसकेका छन् । उनि यस अघि समेत यहाँ प्रमुख भएर काम गरिसकेका थिए ।

    हाल जिल्ला अस्पतालको भवन निर्माणका क्रममा रहेकाले त्यसै त भद्रगोल अवस्थामा रहेको बेला महिनौदेखि प्रमुख विहिन बन्दा सेवाग्राही महंगो शुल्क तिरेर नीजि अस्पताल र मेडिकल धाउन बाध्य छन् ।

    पूरानो सबै भवन भत्काएर झण्डै ३० करोडको लगानीमा सुविधासम्पन्न भवन बन्ने क्रममा रहेको जिल्ला अस्पतालमा हाल चिकित्सक बस्ने आवास र घर भाडामा लिएर सेवा दिनुपर्ने बाध्यता छ ।

    त्यस्तै अस्पतालमा रहेका एक्स्रे, भिडियो एक्स्रे समेत गुणस्तरिय नहुदा सेवाग्राहीले सास्ती भोग्दै आएका छन् ।

    गत शनिबार जिल्ला आएका संघिय सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादव र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखा अस्पतालमा चाडै डाक्टर खटाउने आश्वासन दिएका थिए । समायोजनका कारण केहि समस्या भएको उनिहरुको तर्क थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.