गाेरखा समाचारदाता
गाेरखा – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएकाे छ । बैठकले ३३ विभाग तथा ७ वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूका टुङ्गो लगाएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा सम्पन्न बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई तोकेको छ भने उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्की लाई तोकेको छ ।
नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई दिने निर्णय गरेको छ भने संगठन विभाग प्रमुखमा बामदेव गौतमलाइ दिने निणर्य भएको छ ।
बैठकले निकै चचामा पाएकाे स्कुल विभाग प्रमुखमा भने इश्वर पोखरेल दिएकाे छ । प्रचार विभाग प्रमुखमा नरायणकाजी श्रेष्ठले पाएकाे छ ।
अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे तथा उप प्रमुखमा डोरमणि उपाध्याय रहेको प्रवक्ता नारायण काजी श्रेष्ठले बैठक पछि जानकारी दिए ।
त्यस्तै जनवर्गीय संगठन प्रमुख अयोग प्रमुख प्रवास आदिका नेतृत्वका बारेमा अर्को बैठकमा टुङ्गो लगाइने र सचिवालयको अर्को बैठक शनिवार ४.०० बजे बस्ने निणय भएकाे छ ।



