गाेरखा समाचारदाता
गाेरखा – टेलिभिजन पत्रकार रबि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले कार्यालयबाट पक्राउ गरेको हो ।
अर्की आरोपी महिला अस्मिता कार्कीलाई पनि प्रहरीले दिउसो नै पक्राउ गरी सकेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाइ बिहीबार साँझ पक्राउ गरेको हाे ।
केही दिन अघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।




















