×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३४ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

अध्यक्ष र प्रअको निगाहमा शिक्षक नियुक्ति

  •  
  • बिहिबार, साउन ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गाेरखा – बारपाक सुलिकोट गाउँ पालिकाको एक विद्यालयमा मनोमानी ढङ्गले शिक्षक नियुक्ति हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

    वडा नम्बर-८ स्थित, ब्रम्हाचारिणी निमावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर गुरुङ र प्रधानाध्यापक धनबहादुर सुर्खेतीले आफू अनुकल निजि स्रोतमा शिक्षक राख्ने गरेको स्थानीयले आरोप लगाएका छन् । ‘८/९ महिना अघि पनि यस्तै भयो हामीले केही भनेनौं’ एक अभिभावकले भने ‘अस्ती पनि फेरी नयाँ शिक्षक राखेको छ । हेड सर र अध्यक्षलाई मन परेपछि समितिको बैठक पनि बस्नु पर्दैन, जसले पनि जागिर खान पाउँछ ।’

    करिब ९ महिना अघि प्रअ सुर्खेती र विब्यस अध्यक्ष गुरुङले स्थानीय रीतु बिकलाई निजि स्रोतमा शिक्षक नियुक्ति दिए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी कसैले उक्त कुराको सुइको पाएन ।

    केही दिन अघि देखि अर्की स्थानीय लक्ष्मी गुरुङ पढाउन जान थालेकी छन् । उनको विषयमा पनि समितिले केही निर्णय गरेको छैन् । ‘८/८ पिरियड पढाउन गाह्रो भयो, निजि श्रोतमा शिक्षक राख्नु परयो भनेर हेडसरले भन्नुभयो ।

    अनि एक जना बहिनीलाई पढाउन बोलाएको छ’ विद्यालय व्यवस्थापन समितिकी सदस्य लक्ष्मी गुरुङ (ख) ले भनिन् ‘उहाँले राम्रो पढाउनु भयो र विद्यार्थीले मन पराए भने पछि निर्णय गरेर राख्ने कुरा भएको छ ।’

    व्यवस्थापन समितिको बैठक नै नबोलाई मनोमानी ढङ्गले दुबै शिक्षक राखिएको अन्य सदस्यहरुले पनि स्वीकार गरेका छन् ।

    विद्यालयको महत्वपूर्ण निर्णय गर्नु परे पनि बैठक नबसी आफू खुसी गर्ने सदस्यहरुको घर–घरमा गएर हस्ताक्षर गराउने गरेको उनीहरुले बताएका छन् । ‘बैठकमा सबै आउनु हुँदैन, म त प्राय बोलाएको बेला जान्छु ।’ उनले भनिन् ‘सबै जना नआएपछि निर्णय हुँदैन हामी उठेर हिड्छौं । पछि के गर्नु हुन्छ हामीलाई थाहा हुँदैन ।’

    विद्यालयकी अर्को सदस्य पुर्णिमायाँ सुर्खेती त बैठकमा सहभागी नभएकै १ वर्ष बित्यो । उनलाई कुनै पनि बैठकमा बोलाइएको छैन् । ‘मेरो बाबुहरु पढ्न जाँदा त्यही स्कूलका केटाहरुले कुटेछन् ।

    स्कूलमै त्यस्तो घटना हुँदा पनि उहाँहरुले वास्ता गर्नुभएन,’ उनले भनिन् ‘त्यहाँ उहाँहरुकै मनोमानी चल्छ ।’ विद्यालयमा राम्रो वातावरण नभएको भन्दै उनले गत वर्ष भदौं मै छोराहरुलाई अर्को स्कूलमा भर्ना गरिसकेकी छिन् ।

    विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य रहेका वडा अध्यक्ष कृष्ण गुरुङलाई समेत शिक्षक भर्नाका विषयमा जानकारी छैन् । ‘कहिले देखि कसले पढाउन थाल्नु भएको छ मलाई थाहा छैन’ उनले भने ‘म समितिको सदस्य हो शिक्षक राख्ने सन्र्दभमा अहिलेसम्म कुनै बैठक बसेको छैन् ।

    यता विद्यालयका प्रअ र विब्यस अध्यक्ष दुबैले शिक्षक राखेको स्वीकार गरेका छन् । ‘स्कूलमा शिक्षक आवश्यक प¥यो, गाउँपालिकाले पनि मागेको दिएन’ प्रअ सुर्खेती भने ‘बैठकले निर्णय गरेर विज्ञापन खोलेर टिर्चर भर्ना गर्न हामीसँग पैसा पनि थिएन, मागजाज गरी ५/७ हजार तलब दिने सर्तमा कम्प्युटर शिक्षक राखेका हौं ।’ अहिले राखिएकी शिक्षिका लक्ष्मी गुरुङको विषयमा भने कुनै निर्णय नभएको उनले बताए ।

    ‘उहाँ आफैले म कति सक्छु विद्यालयलाई सहयोग गर्छु भनेर पढाउन आउनु भएको हो, हामीलाई शिक्षक आवश्यक छ’ उनले भने ‘यदी उहाँको पढाई विद्यार्थीले रुचाए भने पछि निर्णय गर्ने प्लान छ ।’ विद्यालय व्यवस्थापन समितिको बैठक बसेर नितिगत निर्णय गरी शिक्षक राख्नु पर्ने भए पनि आर्थिक समस्याका कारण आफू कानून उल्घंन गर्न बाध्य भएको उनको गुनासो छ ।

    तर स्थानीय भने उक्त कुरा मान्न तयार छैनन् । ‘पहिले रितुलाई राख्दा पनि कस्तो गर्छ हेरेर निर्णय गरौंला भनेर टार्नुभयो’ एक अभिभावकले भने ‘अहिले लक्ष्मीजी लाई पनि त्यसैगरी राख्ने उहाँको योजना हो ।’

    उता अध्यक्ष गुरुङ भने विद्यालय बिरोधी तत्वले गतल अफवा फैलाएको दाबी गरेका छन् । ‘आफू भए सबै ठिक नभए गलत भन्ने कुराले यस्तो भएको हो’ उनले भने ‘हामीले सबै विद्यालयकै हितका लागि गरेका हौं यसमा हाम्रो केही स्वार्थ छैन् ।’

    विब्यसका अध्यक्ष र प्रअ मिलेर विद्यालयको सबै कुरामा मनोमानी गरेको स्थानीय अभिभावकहरुको आरोप छ । भवन निर्माणमा ठेक्का दिने, कमसल निर्माण समाग्री प्रयोग गरी काम गर्न लगाउने, हिसाव किताव सार्वजानिक नर्गेन अभिभावक भेला नगराउने लगायतका विभिन्न समस्या रहेको उनीहरुको आरोप छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.