×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

हङ्‍कङ तनाव: एघारौँ हप्ता पनि प्रदर्शन जारी, चीनले प्रत्यक्ष हस्तक्षेप गर्ने आशङ्का

  •  
  • बुधबार, साउन २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हङ्‍कङको अशान्ति लगातार ११ औँ सातामा लम्बिएको छ। त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हडतालले पूरै सहर अस्तव्यस्त भएको छ।

    प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए। तर अहिले हङ्‌कङ विमानस्थल पुन: सञ्चालनमा आएको छ।

    मङ्गलवार दिउँसो एशियाको सबभन्दा व्यस्तमध्येको एक हङ्‌कङ विमानस्थलमा चेक इन पूरै स्थगित भयो। मध्यरातभन्दा अगाडि सुरक्षाकर्मी र धर्नामा रहेका प्रदर्शनकारीबीच मुठभेड भयो।

    त्यसपछि धेरै प्रदर्शनकारी बाहिर गए भने झन्डै ३० जनाले विमानस्थलमै रात बिताए। प्रहरीलाई भित्र आउन नदिन प्रदर्शनकारीहरूले बाटो थुनिदिएका थिए।

    एक प्रदर्शनकारीले आफूहरूसँग हतियार भएको अस्वीकार गर्दै भने, “यहाँ नारा लागेको छ। मैले त कुनै हतियार देखिनँ। उनीहरू केवल शान्तिपूर्ण रूपमा नाराबाजी गरिरहेका छन्।”

    स्थानीय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट धर्नाकारीलाई हटाउन अदालतले विमानस्थलको अधिकारीहरूलाई अनुमति दिएको छ।

    चीनले के गर्ला ?

    यसबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकायले हङ्‌कङको सीमातर्फ चिनियाँ सेना अघि बढिरहेको जानकारी दिएको बताएका छन्।

    चिनियाँ सरकारले प्रदर्शनकारीहरूको चर्को आलोचना गरेको छ।

    कतिपयले कतै चीनको धैर्य टुट्ने र उसले प्रत्यक्ष कारबाही गर्ने हो कि भन्ने आशङ्का गरेका छन्।

    तर बेइजिङसँग हस्तक्षेपका लागि कस्ता कानुनी विकल्प छन् र के उसले साँच्चिकै हङ्‍कङमा सैनिक कारबाही गर्ला त ?

    चिनियाँ सेना

    हङ्‍कङमा चिनियाँ जनमुक्ति सेनाको उपस्थिति छ

    बेसिक ल भनिने हङ्‍कङको सङ्क्षिप्त संविधान यसबारे प्रस्ट छ। सो संविधान सन् १९९७ मा यूकेले सो भूभाग चीनलाई हस्तान्तरण गरेपछि लागु भएको हो।

    चिनियाँ सैनिक हस्तक्षेप त्यतिखेर मात्र हुनसक्छ जतिखेर हङ्‍कङ सरकारले त्यसका लागि आग्रह गर्नेछ र त्यसको उद्देश्य “सार्वजनिक कानुन व्यवस्था कायम गर्न र विपद्‌मा राहत पुर्‍याउन” हुनेछ।

    बेइजिङलाई समर्थन गर्ने हङ्‍कङ सरकारले पनि त्यस्तो आग्रह गर्न खोज्ला भन्ने कुरा असोचनीय भएको अधिकांश विश्लेषक ठान्छन्।

    सैनिक बल प्रयोग भए पनि नभए पनि हङ्‍कङको भूभागमा प्रजातन्त्रवादीहरूलाई हतोत्साही पार्न चिनियाँ सेनाले मार्चपा गरेको तस्बिर उक्त क्षेत्रका निम्ति घातक हुन सक्छ। त्यसले हङ्‍कङको अर्थतन्त्र अस्थिर बनाइदिन र अन्तर्राष्ट्रिय आलोचना निम्त्याउन सक्छ।

    के भन्छ चीन ?

    सन् १९९७ यता हङ्‍कङमा चिनियाँ जनमुति सेनाका झन्डै पाँच हजार सैनिक छन्।

    चीन अध्येता एडम नी भन्छन् – हङ्‍कङस्थित चिनियाँ सेनाको ग्यारिसन केवल चीनको सार्वभौमिकताको प्रतीकको रूपमा राखिएको छ।

    तर जुलाई ३१ मा सो ग्यारिसनले मौनता भङ्ग गर्दै एउटा भिडिओ सार्वजनिक गर्‍यो। त्यो भिडिओमा ‘सबै परिणामका लागि तिमी नै जिम्मेवार’ भन्दै सैनिकहरू प्रदर्शनकारीतर्फ लम्किएको देखिन्छ।

    त्यसलाई चीनको एउटा चेतावनीको रूपमा अर्थ्याइयो।

    कतिपयले त्यसलाई चीनले हस्तक्षेप गर्ने डर देखाएर प्रदर्शनकारीलाई गलाउन खोजेको प्रयासको रूपमा हेरे।

    हालसम्म चीनको हङ्‍कङसम्बन्धी उच्च नीति निर्माता कार्यालयले प्रहरीले नै स्थिति नियन्त्रण गर्नेमा विश्वास प्रकट गरिरहेको छ।

    तर सो कार्यालयका प्रवक्ताले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै आगोसँग खेल्नेहरू त्यसैमा खरानी हुने बताएका थिए।

    सैनिक हस्तक्षेपका अतिरिक्त चीनले राजनीतिक दबाव तथा प्रदर्शनकारीहरूलाई व्यक्तिगत निसानामा पार्ने जस्ता कार्य पनि गर्न सक्नेछ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    विश्व बजारमा तेलको मूल्य बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.