×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

बीचैमा काम अलपत्र भएपछि सवारी सञ्चालनमा समस्या

  •  
  • सोमबार, साउन २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गाेरखा – जिल्लाको ग्रामिण भेग प्रवेश गर्ने मुख्य नाका बाह्र किलो-छेवेटार सडक खण्डको कामबीचैमाअलपत्रहुँदा सवारी सञ्चालनमा समस्या भएको छ ।

    यस अघि नै कालोपत्रे भएको उक्त सडक पुर्ण रुपमा भत्किए पछि केही समय अघि मर्मत सुरु गरिएको थियो । अहिले मर्मतको काम रोकिएको छ ।

    नाली निर्माण र केही ठाउँमा पर्खाल लगाउने काम बाहेक अरु केही काम नभएको स्थानीयले बताएका छन् । ‘असारमा केही दिन काम भएको थियो, त्यसपछि हामीले काम गर्ने मान्छे देखेको छैन बाह्र किलोका एक व्यापारीले भने ‘पैसा लिनलाई असार मसान्तमा काम गरेको होला ।

    अफिसले पैसा दिइ हाल्यो होला अब किन गर्थेे ? गोरखा– बारपाक सडकको पहिलो खण्ड अन्र्तगत बाह्र किलोबाट मसाने ठाँटीसम्मको ४ किलोमिटर सडक मर्मतका लागि गतवर्ष १ करोड ७७ लाख बजेट विनियोजन भएको थियो ।

    गोरखा एप्राेप्रियट रि कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको उक्त सडक केही दिन आवतजावत रोक लगाएर निर्माण गरिएको थियो ।

    नयाँ आर्थिक वर्ष सुरु भएपछि अहिले काम ठप्प छ । ‘नाली र वाल लगाउने काम भएको देखिन्छ । तर वाल लगाइएको ठाउँमा माटो समेत हालि दिएको छैन’ पूर्व सभासद समेत रहेका स्थानीय ज्ञानेन्द्र कुमालले भने ‘यो गम्भिर लार्पवाहीहो कम्तीमा माटो मात्र हालिदिएको भए धेरै सजिलो हुन्थ्यो । गतवर्ष पनि त्यहाँ दुई वटा ट्रक पल्टिसकेको छ ।’

    २०६६ सालमा कालोपत्रे भएको उक्त सडक पूर्ण रुपमा भत्किएपछि २०७६ कात्र्तिकसम्म मर्मत गर्ने गरी गोरखा एप्राेप्रियट रि कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ ।

    समय सिमा बाँकी रहे पनि सडक भत्काएर छोडिएकाले यातायात सञ्चालनमा समस्या भएको हो । ‘कार्तिक सम्मको समय सिमा छ । अहिल्यै काम गरेन भन्न मिलेन’ ११ किलो-छेवेटार-भालुस्वाँरा-बारपाक सडक आयोजनाका इन्जिनिर राजेशकुमार यादवले भने ‘वर्खाले काम हुन नसकेको हो । पानी पनि कमहुँदै गएको छ, अब छिट्टै काम सुरु हुन्छ ।’

    सोका लागिआवश्यक यन्त्र उपकरण कार्य स्थलमा लैजाने काम सुरु भएको उनले दाबी गरे । ‘२७ सय मिटर सडक भत्काएर पुनःपिचगर्ने र २ सय मिटर ढलान गर्नुपर्ने अवस्था छ’ उनले भने ‘समय सिमा भित्रकाम सम्पन्न गराउन हामी लागि परेका छौं ।’

    जिल्लाको क्षेत्र नम्बर २ प्रवेशको प्रमुखद्धार मानिएको बाह्रकिलो-छेवेटार सडकमा निर्माण ढिलाई हुँदा दैनिक दजनौं सवारी साधन मारमा परेका छन् । नयाँ नाली खन्ने क्रममा निकालिएको माटोले सडक हिलाम्मे हुनुका साथै ठाउँ-ठाउँमा ठुला खाडल परेका छन् । जसले गर्दा सवारी सञ्चालनमा समस्या भएको छ । ‘यस पटक सडक खुल्ला राखेर नै काम गर्ने हाम्रो योजना छ’ उनले भने ‘भत्किएर नै बनाउन लागिएको हो कहीँ त्यस्तो समस्या भएर गाडी चल्न गाह्रो भएको छ भने हामी हेरेर त्यसलाई पनि तत्काल बनाउन लगाउँछौं ।’

    १२ किलो हुँदै बारपाक, भच्चेक, पालुङ्टार लगायतका क्षेत्रमा सवारी सञ्चालन हुँदै आएको छ । कुल ४६ किलोमिटर लम्बाईको गोरखा बारपाक सडकको छेपेटार खण्ड बाहेक अन्यको समय सिमा समेत सकिएको छ । ५ खण्ड मध्ये एउटाको ठेक्का समेत रद्द भएको छ । अन्यलाई जरिवाना तिराएर म्याद थप गरी काम लगाउने कार्यालयको तयारी छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.