कैलासबावु श्रेष्ठ
गोरखा – गोरखा जिल्लाको बेरुजु उच्च भए पछि सरोकारवालाहरुले चिन्ता ब्यत्त गरेका छन ।
गण्डकी प्रदेशमा गोरखा जिल्ला उच्च बेरुजुहुनेमा तेस्रो नम्बर देखिए पछि जिल्लाका नागरिक समाजका अगुवाहरुले आईतबार जिल्ला समन्वय समितिका प्रमुख असोककुमार गुरुङ्गलाई ध्यानाकर्षण समेत गराएका छन ।
२ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा १८ करोड १४ लाख ६५ हजार बेरुजु देखीएको महालेखाको प्रतिवेदनमा उल्लेख गरीएको छ । सरोकारवालाहरुले सार्वजनिक निकायमा लामो समय देखी देखिएको बेरुजुको समस्या गाउँ गाउँमा सिंह दरर्बार आउदा झनै भयावह हुनु दुरभाग्यको कुरा भएको भन्दै सन्वयका प्रमुखलाई तत्कालै कदम चाल्न आग्रह समेत गरीएको छ ।
प्रमुख गुरुङ्गले ध्यानाकर्षण पत्र बुझदै आजै सम्वन्धीत निकायमा बेरुजु फरयौटका लागि आफुले ताकेतागर्ने बचन समेत दिए । गुरुङ्गले संघियताको नयाँ अभ्यास, नयाँ कर्मचारी र जन प्रतिनिधीको ज्ञानको अभाव र केही सरकारी कर्मचारीको बदमासीका कारण पनि जिल्लामा बेरुजु उच्च देखीएको भन्दै परिणाम आउने गरी कदल चाल्ने बताए ।

२ नगरपालिका र ९ गाउँपालिका मध्ये सबै भन्दा बढी अजिरकोट गाउँपालिकाको ८ करोड २७ लाख ३७ हजार बेरुजु देखिएको छ । समन्वय समितिका प्रमुखका अनुसार अजिरकोटमा कर्मचारीको बदमासीका कारण बेरुजु उच्च देखिएको हो ।
त्यस्तै गरी जिल्लाको शहिद लखन गाउँपालिकाको ३ करोड ७१ लाख ९९ हजार बेरुजु देखीएको छ । तेस्रो नम्बरका जिल्लाको पालुङटार नगरपालिकाको बेरुजु देखिएको छ । पालुङटारको १ करोड ४२ लाख ३३ हजार बेरुजु देखिएको छ ।
१ करोड ३४ लाख ७३ हजार बेरुजु देखिएर बारपाक सुलिकोट गाउँपालिका चौथो नम्बरमा परेको छ भने धार्चे गाउँपालिकाको ९७ लाख ७ हजार बेरुजु देखिएर पाँचौ नम्बरमा परेको छ ।
महालेखाको प्रतिवेदनको आधारमा छैठौ नम्बरमा ७८ लाख ९७ हजार बेरुजु सिरानचोक गाउँपालिकाको देखिएको छ । उत्तरी गोरखामा रहेको चुमनुब्री गाउँपालिकाको ५३ लाख १ हजार बेरुजु देखिदा सातौ नम्बरमा परेको छ ।
यता गण्डकी गाउँपालिकाको ३५ लाख ७४ हजार बेरुजु देखिएर आठौ नम्बरमा रहेको छ भने सदरमुकाममा रहेको गोरखा नगरपाकिलाकाको ३३ लाख ६३ हजार बेरुजु देखिएर नबौ नम्बरमा परेको छ ।
बाँकी रहेको आरुघाट र भिमसेन थापा गाउँपालिका भने कम बेरुजुका कारण अन्तिम अन्तिममा परेको छ । २६ लाख ५९ हजार बेरुजु देखिएर आरुघाटले भिमसेन थापा गाउँलाई उछिनेको छ । एघारौ नम्बरका जिल्लाको मिमसेन थापा गाउँपालिका परेको छ ।
उत्त गाउँपालिकाको १३ लाख २२ हजार बेरुजु देखिएको महालेखा परिक्षकको कार्यालयले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
सरोकारवालाहरुले जनप्रतिनिधी भए पछि मनमरी खर्च गरिनु र जनप्रतिनिधीले उत्तर दायित्व बहन नगर्दा पनि यस्तो समस्या आएको ठहर गरेको छ ।
महालेखाको प्रतिबेदनमा १८ करोड १४ लाख ६५ हजार मध्ये ७ करोड ७३ लाख ३६ हजार सम्बन्धीत ब्यक्तिहरुबाट असुल उपर गनुपर्ने प्रतिवेदन उल्लेख गरेको छ ।
यसै बिच सरोकारवालाहरुले आगामी दिनमा बेरुजु निर्मुल पार्न आर्थिक बर्षको समाप्तिमा भूक्तानी दिने परिपाटीलाई अन्त्य गनुपर्ने ठहर गरेको छ ।
बेरूजु विवरण




