कैलासबावु श्रेष्ठ/गोरखा
फाल्गुण २३ गते । वुधबार बिहान गोरखा बजार देखी आँबुखैरेनी तर्फ गएको माईक्रोबस दुरघटनामा परेको छ । दुरघटनामा १ जनाको मृत्यु भएको छ भने चालक सहित १९ जना घाइते भएका छन ।
गोरखा बसपार्क देखी ८ः४५ बजे आँबुखैरेनी बजार तर्फ हिडेको बा.३ ख ४६५८ नम्बरको माईक्रोबस गोरखा नगरपालिका १० को टक्सार बहिरा बिद्यालय घुम्तीमा दुरघटना हुदाँ मनकामना बहिरा बिद्यालयको कक्षा ५ मा अध्ययनरत तनहुँ आँबुखैरेनीकी श्रद्वा गौलीको घटना स्थलमा नै मृत्यु भएको थियो । मृत्यु हुने बिद्यार्थीलाई सवारी साधनले च्यापेको थियो ।

माईक्रो सडक छेवैमा रहेको रुखमा ठोकिदा अग्र भागमा रहेको यात्रु च्यापिए पछि गल लगाएर निकालीएको थियो । दुरदघनामा परी मनकामना बहिरा बिद्यालयका अस्मिता श्रेष्ठ, संगिता पन्थ, बृहशपती गिरी र सुसिला पाण्डे समेत घाईते भएकी छिन । सदरमुकामको हरमटारी चोक देखी अनियन्त्रीत गतीमा सवारी कुदेको प्रत्यक्षदर्शीहरुले बताए । सडकमा रहेको सवारीलाई समेत उछिन्दै टक्सार ओरोलो लागे पछि माईक्रोबस दुरघटना भएको थियो । घटना लगत्तै फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्षमता भन्दा बढी यात्रु लिएर हिडेको तथा अन्यिन्त्रीत गतिका कारण दुरघटना भएको यो घटनालाई लिएर प्रहरीले कस्तो कारवाही गर्ला त्यो भने हेर्न बाँकी नै छ ।
घटनाको बिस्तृत विवरण भने आउन बाँकी नै छ ।

दुरघटनामा परकाहरुको गोरखा अस्प्तालले उपलब्ध गराएको विस्तृत विवरण





















