केही दिन अघि जिल्ला सदरमुकाममा विद्युतिय सूचना पाटी स्थापना भएको छ । जिल्लाको महत्वपुर्ण जानकारीहरु दिने उदेश्यले स्थापना गरिएको उक्त सूचनापाटीका सम्बन्धमा विभिन्न धारणाहरु सार्वजानिक भइरहेका छन् । जिल्लाको ऐतिहासिक र महत्वपुर्ण गोरखा संग्राहालय परिसरमा राखिएको सूचनापाटीमा जानकारी भन्दा ठुला अक्षरमा धेरै विज्ञापन राखिएको भन्दै कतिपयले आलोचना समेत गरेका छन् । एक व्यापारिक कम्पनीको प्रायोजनमा राखिएको उक्त सूचनापाटीमा कम्पनीको प्रचार र बोर्ड राख्न पहल गर्ने संघसस्थाको लोगो सहित ठूला(ठूला अक्षरले सूचनापाटी भरिएको छ । ४ लाख लागतमा राखिएको भनिएको उक्त सूचना पार्टीमा कम्पनकिो त्यति धेरै प्रचार गर्नुपर्ने अवस्था कहाँ बाटो आयो ?
जिल्ला कै स्थानीय उत्पादनलाई उक्त स्थानमा ठाउँ दिन सकेको भए अथवा जिल्लामा नै सघर्ष गरिरहेका व्यापारिक संस्थाहरुलाई प्रचार गर्ने मौका दिएको भए राम्रो हुने थियो । लागत रकम हेर्दा त्यत्ति धेरै पनि छैन । तर सूचना भन्दा विज्ञापनलाई ठुलो स्थान दिएको सूचना पाटी प्रदेश सरकारका पर्यटन मन्त्रीले नै चुपचप उद्घाटन गरेर गए । हामीले कुनै संस्था व्यक्ति वा उत्पादनको बिरोध गर्न खोजेका होइनौं । जिल्लामा आवश्यक बहस नचलाईकन बिज्ञापनलाई प्रधानता दिने हिसाबले उक्त सूचना पाटी राख्ने कुरामा केही तयारी पुगेन भन्ने हाम्रो ठहर हो । यसले जिल्लाको पर्यटन क्षेत्रलाई पक्कै टेवा त पुरयाउने छ नै तर यति महत्वपुर्ण कामका लागि स्थापना गरिएको सूचनापाटीमा बिज्ञापन भन्दा धेरै सूचनालाई सुव्यवस्थीत बनाउन सकेको भए सुनमा सुगन्ध थपिने थियो । सरोकारवालाहरुको ध्यान जाओस् ।


