प्रदेश नम्बर ४ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले जिल्लाको पर्यटन प्रवद्धन गर्न लाग्नु पर्ने बताएका छन् । पृथ्वीनारायण शाहलाई बेच्न नसकिएका कारण जिल्लाले धेरै पर्यटक तान्न र आएका पर्यटकहरुलाई पनि टिकाएर राख्न नसकेको भन्दै केही आफ्ना योजनाहरु पनि सुनाए । तत्कालिन राजा पृथ्वीनारायण शाह र उनका समकालिन संरचनाहरु निर्माण गरेर पर्यटकलाई प्रयोग गर्ने दिने प्रस्ताव अगाडी सारे । राजा पृथ्वीनाराण शाहका गद्दी, श्रीपेच र कपडा तयार गरी पर्यटकहरुलाई त्यसको प्रयोग गर्ने दिने देखि संग्राहालयको तल्लो गेट खोल्ने सम्मका कुरा गरेका पर्यटन मन्त्री बस्नेतले अब कुरा है काम गर्नुपर्ने अवस्था छ ।
लामो समय गोरखाको राजनीति गरेको बस्नेत अहिले मन्त्रीको ओहोदामा छन् । जिल्लाको अबसर सम्भावना र चुनौती सबै बुझेका मन्त्री बस्नेत प्रदेश सरकारका प्रवक्ता समेत हुन् । आफूले पाएको जिम्मेवारी बहन गर्दै जिल्लाको उद्योग पर्यटन र वातारणका क्षेत्रमा धेरै परिर्वतन गराउन उनले पहल गर्नुपर्छ । गोरखालाई पर्यटकिय हिसाबले निकै महत्वका साथ हेर्न गरिन्छ । यहाँका धार्मिक ऐतिहासिक तथा पर्यटयिक क्षेत्रहरुको उजार गर्नु जरुरी छ । भलै जिल्लाले नै पर्यटन मन्त्री पाएको छ । त्यसैले अब कुरा भन्दा धेरै काम गर्न तिर लाग्नुपर्छ । सरकारी तथा गैरसकारी क्षेत्रको साझेदारीमा जिल्लाको पर्यटन उद्योगलाई सुद्रढ बनाउँदै । ऐतिहास बेचेर जिल्लाले समृद्धिको फड्को मार्न सक्छ भने अब किन पछि हट्ने ?सबैले आ–आफ्नो ठाउँबाट पहल गरौं ।


