कैलासबावु श्रेष्ठ/गोरखा
फाल्गुण १९ गते । उच्च हिमाली क्षेत्रमा रहेको गोरखा जिल्लामा शुक्रबार साँझ देखी प्रिमनसुन सुरु भएको छ । शुक्रबार साँझ देखी प्रिमनसुन सुरु भए पछि अचनक मौषममा परिवर्तन आएको थियो ।
मौसम परिवर्तन संगै शुक्रबार साँझ हावा हुरीका साथ असिना पानी समेत परेको थियो । प्रिमनसुन सुरु भए पछि बिहान मौसम सफा भए पनि दिउँसो देखी हावाहुरी चल्ने र साँझ पख देखी मेघ गर्जनाका साथ हल्का पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
मौषम विदका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ ।




















