- ढुवानीका लागि सवारी सञ्चालनको अनुमती माग
नरेन्द्र ढकाल/गोरखा
फाल्गुण ६ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका स्थानीयहरुले अब सस्तोमा नुन उपभोग गर्न पाउने भएका छन् । धार्चेको माछाखोलामा रहेको खाद्य संस्थानको डिपोसम्म सवारी सञ्चालन भएपछि यहाँ नुनको भाउ आधा सस्तो भएको छ । यस अघि ४० रुपयाँ पर्ने आयोनुन अब २२ रुपयाँमा बिक्रि हुन थालेको छ । ‘हामी आए देखि नै पहल गरेका थियौं बल्न सफलता मिलेको छ’ गाउँपालिका प्रमुख सन्त बहादुर गुरुङले भने । यस वर्षका लागि अनुदान बापत प्राप्त भएको ६०० क्विन्टल मध्ये ३०० क्विन्टल अनुदानको आयोडिनयुक्त नुन माछा खोलामा आई पुगिसेको छ । प्रगती निर्माण सेवाले ढुवानी इजाजत लिएर उक्त नुन माछा खोला पुरयाएको हो ।
नेपाली सेनाले निर्माण गरिरहेको आरुघाट लार्केभञ्जाङ सडकको ट्रयाक खोल्ने काम धार्चे गाउँपालिका वडा नम्बर ७ को नौलीखोला सम्म सम्पन्न भइसकेकाले त्यस भन्दा माथि बुढीगण्डकी नदिको किनारबाट अस्थायी रुपमा निर्माण गरिएको सडक मार्फत उक्त नुन माछा खोला पुरयाइएको हो । ‘नौली खोला भन्दा माथि त बाटो खन्ने काम भइराखेको छ, हामीले खोला फर्काएर बगर÷बगर ट्याक्टरमा नुन माछा खोला पुरयाएका हौं’ खाद्य संस्थानको नुन ढुवानीको ठेक्का पाएको प्रगती निर्माण सेवाका सञ्चालक धनकुमार गुरुङले भने । नौली खोलासम्म कुनै अबरोध नभएपनि नौली खोला देखि माछाखोलाको विचमा ३ किलोमिटर सडक खन्ने काम भइरहेको छ ।
साबिकका ६ गाबिस लाप्राक, उहिया, गुम्दा केरौजा, कासिगाउँ र लापुमा सरकारले खाद्यसंस्थान मार्फत अनुदानमा नुन र चामल उपलब्ध गराएको भएपनि पैदलमार्ग बाट लैजानु पर्दा मंहगो हुने गरेको थियो । सहुलियतमा नुन उपलब्ध भए पनि अन्य सामाग्रीको मुल्य भने तत्काल नघटने देखिन्छ । अहिले माछाखोलामा अनुदानको चामलको मुल्य प्रतिबोरा १२ सय ८० रुपयाँ छ । सोही प्रकृतिको चालम स्थानीय बजारमा भने १६०० मा बिक्रि भइरहेको छ ।
जिल्ला सदरमुकाममा १४ सय रुपैयाँ पर्ने मन्सुली चामल अहिले त्यहाँका व्यापारीहरुले १८५० मा बिक्रि गरिरहेका छन् । यदी सवारी साधन मार्फत ढुवानी गर्ने हो भने ३०० सय रुपैयाँ सस्तो पर्न जाने गुरुङ्गको भनाई छ । ‘गाडीमा सामान लान पाइयो भने त अनुदानको पनि अर्को पनि दुइवटैको भाउ घट्छ’ सोही ठाउँका स्थानीय बासिन्दा समेत रहेका ठेकेदार गुरुङले भने ‘अहिले त खच्चडले बोकाएर लैजादा महंगो पर्न गएको हो ।’ अहिले माछा खोला सम्म सहज रुपमा सवारी चल्ने अबस्था रहेपनि अत्यावश्यक सेवाका सवारी साधन बाहेक अरुलाई रोक लगाइएको छ ।
भर्खरै सडक निर्माण गरिएकोले भत्कन सक्ने भन्दै रोक लगाइएको कतिपयको तर्क छ । ‘फागुन र चैत दुई महिना भएपनि गाडी चलाउन दिनुप¥यो भनेर हामीेले सिडियो सापलाई अनुरोध गरेका छौं’ गाउँपालिका प्रमुख गुरुङले भने । अहिले निजि सबारी साधन, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेक अन्य सबारी साधन सञ्चालनमा नेपाली सेनाले रोक लगाएको छ । खच्चडले सामान बोकाएर लगेका स्थानीय व्यापारीले भने आफ्नो सामान महंगोमा ल्याएकाले यसवर्ष गाडी मार्फत सामान ल्याउन नहुने तर्क राख्नै आएका छन् ।
सोही कारण मालबाहक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको धेरैको आरोप छ । यदी सवारी साधन मार्फत ढुवानी गर्ने हो भने रड र जस्ताको मुल्यमा ४ हजार सम्म कम हुने उनीहरुको तर्क छ । सबारी साधन मार्पmत ११ हजारमा पु¥याउन सकिने प्रति वण्डल जस्ता र एक मुठ्ठा रड १५ हजारमा बिक्रि भइरहेको छ । जसले गर्दा भुकम्प पिडित मर्कामा परेका छन् ।
सिमेन्टको मुल्यमा पनि प्रतिबोरा ५ सय रुपैयाँ भन्दा बढिमा बिक्रि वितरण हुने गरेको छ । जसले गर्दा भूकम्प पिडितले बनाउने घरमा प्रति घर ४० हजार भन्दा बढि लागत बढेको ठेकेदार गुरुङले बताए ।


