×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दरबार भत्काउने क्रममा जगमा भ्वाङ भेटियो

  •  
  • शुक्रबार, फागुन ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    फाल्गुण ४ गते । नेपालकै ऐतिहासिक गोरखा दरबार भत्काउने क्रममा ठुला÷ठुला भ्वाङ भेटिएको छ । बिनाशकारी भूकम्पले भत्काएको गोरखा दरबारको पुनःनिर्माणको लागि जग भत्काउने क्रममा भ्वाङ फेला परेको गोरखा दरबार चेरचाह अड्डाका प्रमुख हरि प्र्रसाद भुषालले बताए । ‘जग भत्काउने काम हुँदै थियो, त्यहाँ त ठुला-ठुला प्वालहरु भेटिए’ उनले भने ‘कस्तो खालको प्वाल हो भनेर अध्ययन गरिरहेका छौ ।’ सो बारेमा थप अनुसन्धानका लागि पुरातत्व विभागको टोली गोरखा बोलाउने तयारी गरिरहेको उनले बताए ।

    परम्परागत दरबार भएकाले त्यहाँ गुफाहरु हुन सक्ने आंकलन गरिएको छ । उक्त कुरा भने अनुसन्धान पछि मात्र थाहा हुनेछ । ‘हामी अहिले यसै भन्न सक्ने अवस्थामा छैनौं, यसको विस्तृत अध्ययन हुनुपर्छ, अहिले भ्वाङ देखिएको भाग छोडेर काम अगाडी बढाएका छौं’ भुषालले भने । पुनःनिर्माणको लागि जग खन्ने क्रममा दरबारको पुर्वी क्षेत्रमा दुई फिट भन्दा चौडाई भएका प्वाल देखिएपछि अहिले त्यहाँको काम रोकिएको छ । उक्त भ्वाङ पहिले सैनिकहरु लुकेर हमला गर्नका लागि बनाइएको बंकर समेत हुन सक्ने अनुमान गरिएको छ । बाइसे-चौबिसे राज्यका रहेको अबस्था बलियो राज्यले जुनसुकै बेला पनि हमला गर्न सक्ने भएकाले सुरक्षाका निम्ति जमिनमुनि बंकर बनाउने प्रचलन रहेको विज्ञहरु बताउछन् ।

    ०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले गोरखा दरबारमा पुर्ण रुपले क्षति हुनुका साथै छानामा लगाइएको टायल समेत भुइँमा खसेको थियो । त्यसपछि दरबारलाई त्रिपालले छोपेर राखिएको थियो । भुकम्प र त्यसपछि आएको पराकम्पका कारण पुर्ण रुपले जिर्ण बनेको उक्त दरबार भत्काएर जगै देखि पुनःनिर्माण गर्ने निर्णयमा पुरातत्व विभाग पुगेको हो । शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ ।

    दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् । ‘अनुमान मात्र गर्ने हो, लिखित प्रमाण फेला नपार्दा सम्म हिजो देखि भनिदै आएको कुरा नै हामिले पनि विश्वास गर्ने कुरा हो’ भुषालले भने ‘अहिले सम्म तत्कालिन राजा रामशाहको पालामा यो दरबार बनेको सबैको अनुमान र विश्वास पनि छ ।’

    दरबार जिर्णोद्वारका क्रममा केही महत्वपूर्ण सामाग्रीहरु समेत फेला परेको छ । अड्डा प्रमुख भुसालका अनुसार मानवको शिरभाग आकृती १, घोढा आकृती १, पुराना तामाका सिक्काहरुका साथै अभिलेख भएको २ थान पाला समेत फेला परेको बताए ‘पुरै दरबार भत्काउदा मानव शिर आकृत र घोडा आकृती समेत फेला परेको छ सो बारेमा पनि अध्ययन भइरहेको छ ।’

      उक्त कुरा सँगै भत्काउने क्रममा भेटिएका सिक्का, इट्टा लगायतका कुराहरुका बारेमा पनि अध्ययन भइरहेको भुषासले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.