गोरखा समाचारदाता
फाल्गुण १ गते । भिमसेन थापा गाउँपालिकामा फेरी विवाद सुरु भएको छ । गाउँपालिकाको केन्द्र सम्बन्धी विवादमा यसअघि जिल्ला प्रशासनमा भएको सर्बदलिय बैठकको सहमती कार्यान्वयन नभएको भन्दै असन्तुष्ट पछि आन्दोलनलाई निरन्त्रता दिने निर्णय गरेको छ ।
सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकामा सिर्जित समस्याको समाधान गर्नुको सट्टा गाउँपालिका प्रमुखले स्वच्छाचारी व्यवहार देखाएको उल्लेख गरिएको छ । सयुक्त संघर्ष समितिद्धारा जारी विज्ञप्तीमा प्रमुख जिल्ला अधिकारीको अध्क्षतामा भएको बैठकले गरेको ३ बुंदे सहमती कार्यान्वन नभएको जनाइएको छ ।
सर्घ्रष समितिका संयोजक प्रेमचन्द्र श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा, नेकपा एमालेका प्रदिप सिंह क्षेत्री, नयाँ शक्ति पार्टी नेपालका रोहित पाण्डे, नेपाल कम्युनिष्ट पार्टीका दिपक बोहोरा र परिवार दलका रबिन्द्र थापाद्धारा हस्ताक्षरित माघ ४ गते सर्वोच्व अदालतले जारी गरेको कारण देखाउ आदेशको पत्र नबुझेको, बुझ्न गएका कर्मचारीलाई गाउँपालिका प्रमुखले गाली गलौज गरेको, विवाद सुल्झाउन गर्ने भनिएको जिल्ला स्तरिय सर्वपक्षिय बैठक नगरिएको जस्ता कारण देखाउँदै पुर्ण आन्दोलन गर्ने चेतावनी सर्घष समितिको छ ।
लामो समय आन्दोलन भएर गाउँपालिकाको कामकाज ठप्प भएपछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पहलमा बैठक बसी असन्तुष्ट पक्ष सग सहमती गरी फागुन २ गते देखि घ्याम्पेसालबाट काम गर्ने सहमती भएको थियो । सरकारले बगुवालाई गाउँपालिकाको केन्द्र प्रस्ताब गरेपनि भिमसेन गाउँपालिकको बहुमतले घ्याम्पेसाल सार्ने निर्णय भएपछि त्यहाँ केही समय यता आन्दोलन भइरहेको छ । स्थानीय तहको निर्वाचन भएको ६ महिना भित्र बहुमतले गाउँपालिकाको नाम र केन्द्र हेरफेर गर्न सक्ने कानून प्रावधान छ ।
सोही अनुसार गाउँपालिकाको नाम समेत परिर्वतन गरेर भिमसेन थापा गाउँपालिका बनाइएको छ । उक्त निर्णय मन्त्रि परिषदले पारित गरि राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।


