×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

निदीजन्य पदार्थको भार स्थानीय तहलाई

  •  
  • आइतबार, माघ २८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    माघ २८ गते । अन्ततः नदीजन्य पदार्थ सम्बन्धमा अधिकाशं अधिकार स्थानीय तहलाई सुम्मिने निर्णयमा जिसस पुगेको छ । शुक्रबार भएको  बैठकमा स्थानीय बिकास अधिकारी नारायण आचार्यको प्रस्तावमा उक्त निर्णय गरिएको हो । ‘सबैको सुझाव र स्थानीय सरकार सञ्चालन ऐनलाई आधारमा  निर्णय लिएका हौं’ जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले भने । जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि सहभागी उक्त बैठकमा निकै संयमका साथ प्रस्तुत भएका आर्चायले माफी समेत मागेको स्रोत बताएको छ । ‘यसअघि जे गल्ती भयो त्यसको म माफी माग्न चाहान्छु अब गल्ती नगरौं, स्थानीय तह अन्र्तगत काम अगाडी बढाऔं भनेर उहाँ नै प्रस्तुत हुनुभयो’ बैठकका एक सहभागीे भने । एलडिओले आफू खुसी खानी सञ्चालन गर्न दिएको, नदीजन्य पदार्थको अबैद्य कारोवारमा संलग्नको संरक्षण गरेका लगायतका समाचारहरु सार्वजानिक भइरहँदा आर्चायकै चलाखीमा जस अपजस स्थानीय तहको टाउकोमा थुपार्ने प्रयास भएको छ ।

    बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम ढुंगा, गिट्टी बालुवा, खरीढुंगा, स्लेट जस्ता खानीजन्य बस्तुको संरक्षण, उत्खन तथा उपयोगको दर्ता अनुमती दिने अधिकार समेत स्थानीय तह अन्र्तगत गाउँ र नगरपालिकालाई दिने निर्णय गरेको छ । भुकम्प पिडितले घर बनाउन लागेको मौका छौपी नदीजन्य पदार्थको अबैद्य उत्खनन भएको समाचार सार्वजानिक भएपछि प्रमुख जिल्ला अधिकारीको पहलमा सर्बपक्षिय बैठक आब्हान भएको थियो । उक्त बैठकले निर्माण गरेको एक समितिले जिल्लाको नदी एवं घाटहरुको अवलोकन गरी प्रतिवेदन बुझाएको थियो । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख अमृतमणी रिमालको संयोजकत्वमा रहेको उक्त टोलीले दिएको सुझावका आधारमा उक्त निर्णय लिएको हो । ‘हामीलाई आएको सुझावका आधारमा नै स्थानीय तहलाई अधिकार दिने कुरामा सबै साथीहरु सहमत हुनुभयो’ गुरुङले भने ।

     इजाजत पत्रको नविकरण र खारेजीको अधिकारी समेत स्थानीयले तहलाई दिने प्रावधान अनुसार आवश्यक कार्यविधि बनाएर कार्यान्वय गर्ने निर्णय गरिएको छ । समितिको बैठकले ५ वटा महत्वपुर्ण निर्णय गरेको छ । निर्माण सामाग्री सप्लायर्स कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भई व्यवसाय गर्न आउने उद्योगी व्यवसायीले समेत स्थानीय तह मार्फत कानूनी प्रक्रिया पुरा गरी दर्ता गरे पछि मात्र व्यवसाय गर्ने दिने निर्णय भएको छ । जिल्लामा खानी सञ्चालन गर्नु परेमा जिल्ला समन्वय समितिको स्वीकृतीमा स्थानीयको स्वीकृत कार्यविधि अनुसार खानी तथा भुर्ग विभागमासमितिले आवश्यक समन्वय गरिदिने निर्णय समेत जनप्रतिनिधिहरुले गरेका छन् ।

    केही दिन अघि प्रमुख जिल्ला अधिकारीको पहलमा भएको बैठकले सर्वसम्वत रुपमा पास गरेको जरिवाना रकम जिल्लाका सबै स्थानीय तहमा कायम गर्ने निर्णय समेत गरिएको गुरुङले बताए । बैठकले यस आर्थिक वर्षमा आइइ गरेका तर ठेक्का नलागेका स्थानहरुको ठेक्का लगाउने जिम्मा भने समन्वय समितिलाई नै दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ २८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.