गोरखा समाचारदाता
माघ २६ गते । भूकम्प यता अन्धकारमा बस्न बाध्य सौरपानीका स्थानीयहरुले अझै बत्ती बाल्न केही महिना कुर्नुपर्ने भएको छ । २०७२ बैशाख १२ गतेको बिनाशकारी भुकम्पका कारण पुर्ण रुपले क्षतिपुगेको सा खोला लघुजलविद्युत आयोजना पुर्ननिर्माण काम अन्तिम चरणमा पुगेको छ । ‘अबको डेढ महिनामा काम कम्पिड हुन्छ, अनि उहाँहरुले बत्ती बाल्न पाउनुहुन्छ’ गोरेटो गोरखाका कार्यकारी निर्देशक पवनरमण खनालले भने । अक्सफाम र गोरेटो गोरखाका साझेदारीमा निर्माण गरिएको उक्त आयोजनाको आधा भन्दा धेरै सम्पन्न भइसकेको छ ।
२ किलोमिटर नहर निर्माण सम्पन्न भई विद्युत उत्पादन र प्रशारण लाइन निमार्णको काम सुरु गर्ने तयारी हुँदै छ । उक्त कार्य गर्दा अहिले सम्म १४ लाख रकम खर्च भइसेको छ ‘हामीले गर्ने काम सकिसकेको छ, अब कन्सलट्यान्टले गर्ने प्राविधिक काम बाँकी छ, त्यो पनि छिटै सुरु हुन्छ’ उनले भने । बाँकी सम्पन्न गर्दा १२ लाख खर्च हुने अनुमान गरिउको छ ।
भुकम्प यता अन्धकारमा रहेका झण्डै १०० घरधुरीले अबको डेढ महिना पछि मात्र बक्ति बाल्न पाउने भएका छन् । भैलुम, घुन्चोकटार र सौरपानी भञ्जाङका स्थानीयहरु २०७२ बैशाख १२ यता टुकिको साहरामा दैनिकी चलाउँदै आएका छन् । आयोजनासँगै प्रशारण लाइन निर्माण गरी सर्वसाधरणको घर छेऊ सम्म लगिने पुरानै अवस्थामा विद्युत पुरयाउने उनले बताए । ‘हामी पोल गाडेर उहाँहरुको बस्तीमा बिजुली पु¥याउछौ, अनि पहिले जस्तै गरी उहाँले नै उक्त विद्युत प्रयोग गर्न पाउनुहुन्छ’ खनालले भने ।
उक्त आयोजना सहित भुकम्प प्रतिकार्य तथा पुर्नलाभ कार्यक्रममा अन्तर्गत सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीमा भएका कामको पत्रकार महासघंका जिल्ला अध्यक्ष किशोरजंग थापा सहित जिल्लामा रहेका रेडियो, पत्रपत्रिका र राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकार एवं संचारकर्मीको टोली स्थलगत अनुगमन गरेको छ ।
जिविकोपार्जन, लैङ्किता प्रवद्र्धन, कृषिमा प्रविधि सहयोग, पशुको नश्ल सुधारका लागि गरिएको सहयोग लगायतका विभिन्न कार्यक्रमको स्थलगत रुपमा भ्रमण गरी सरोकारवालाहरुसँग छलफल समेत गरिएको थियो ।


