कैलासबावु श्रेष्ठ/गोरखा
माघ २४ गते । गएको छ महिनामा मात्रै गोरखा संग्राहालय अबलोकन गर्नेको संख्या चालिस हजार नाघेको छ । शाह बंशिय तथा पुरातात्वीक र ऐतिहासिक कुराहरु राखिएको गोरखा संग्राहालय अवलोकनका लागि देश तथा विदेशबाट आउनेहरु संख्या उल्लेख्य वृद्धि भएको हो । ‘यो आर्थिक बर्षको पहिलो ६ महिनामा मात्र ४० हजार भन्दा बढिले सग्रालयको अवलोकन गर्नुभएको छ’ संग्राहालयकी सूचना अधिकारी सुनिता भडेलले भनिन् । त्यसमा पनि देश भित्रैबाट आउने बिद्यार्थीहरुको संख्या सबै भन्दा बढि रहेको उनले बताइन् ।
यो आर्थिक बर्षको पहिलो छ महिनामा मात्रै चालिस हजार अबलोकन कर्ता मध्ये २२ हजार भन्दा बढी बिद्यार्थीहरुले अबलोकन गरेको संग्रालयको रेकर्डले देखाउछ । संग्रालयको रेकर्ड अनुसार पौष मसान्त सम्ममा २२ हजार ४४३ जनाले अबलोकन गरेको छ । आर्थिक बर्षको भाद्र महिनामा सबै भन्दा कम ८८७ जनाले अध्ययन गरेकोमा पौष सम्मको रेकर्ड हेर्दा कात्र्तिक महिनामा सबै भन्दा धेरै ८ हजार ३४७ जना बिद्यार्थीहरुले संग्रालय अबलोकन गरेको छ ।
नेपाल एकिकरणक गर्ने पृथ्वीनारायण शाहको चिना देखी विभिन्न शाह बंशहरुले लडाई गर्दाका हतियार, पुरातात्वीक वस्तु, विभिन्न जातीको संख्स्कृती झल्कने सामाग्री, पुराना सिक्का तथा भाडा वर्तन फोटोहरुका साथै डमी संग्रालयमा राखीएको छ ।
संग्रालय प्रशासनमा रहेको रेकर्ड अनुसार गएको छ महिनामा २२ हजार ४४३ जना बिद्यार्थी, १७ हजार ३९५ जना नेपाली, १९ जना सार्क राष्ट्र र ६६० जना विदेशीहरुले संग्रालय अबलोकन गरेको छ ।
सूचना अधिकारी भडेलका अनुसार बिद्यार्थी, नेपाली, सार्क तथा विदेशी राष्ट्रका गरी साउन महिनामा ४ हजार ६९१ जना, भाद्र महिनामा ३ हजार २ जना, असोज महिनामा २ हजार ९६३ जना, कात्र्तिक महिनामा ८ हजार ३४७ जना, मंसिर महिनामा २ हजार १४० जना र पौष महिनामा ४ हजार १६७ जनाले संग्रालयको अवलोकन गरेको छ ।
संग्रालय अबलोकनका लागि बिद्यार्थीहरुको लागि १० रुपैयाँ, नेपालीहरुका लागि २५ रुपैयाँ, सार्क राष्ट्रका लागि ५० र विदेशी नागरिकहरुलाई रु १०० रुपैयाँ प्रवेश शुल्क लिने ब्यवस्था गरीएको छ ।
त्यस्तै गरी स्वदेशी तथा विदेशीहरुले संग्रालय भित्र प्रवेश गराउने म्यामेरा तथा भिडीयो क्यामेराको समेत शुल्क लिने ब्यवस्था छ ।


