गोरखा समाचारदाता
गोरखा उद्योग वाणिज्य सघंको आगामी नयाँ नेतृत्वको लागि ९ पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । कुल १५ सदस्यिय कार्यसमितिका लागि आगामी आइतबारबाट हुने शुरु हुने ४४ औं साधारण सभा तथा १५ औ अधिवेशनमा शीर्ष ६ पदमा भने सर्बसम्वत हुने देखिएको छ । कोसाध्यक्ष र सचिव सहित ७ कार्यसमिति सदस्य पदका लागि १५ जनाले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
बिहीबार तोकिएको दाबी बिरोध, उम्मेदवारी फिर्ता लगायतका प्रक्रियामा सम्पन्न भएको निर्वाचन मण्डलले जानकारी दिएको छ । उक्त प्रक्रियामा कसैको दाबी बिरोध र उम्मेदवारी फिर्ता समेत नभएपछि अन्ततः उनीहरु विच कडा प्रतिस्पर्धा हुने निश्चित भएको हो । कोसाध्यक्ष पदमा २ जना प्रतिस्पर्धामा उत्रिएका छन् । हालका सचिव राजेन्द्र बिश्वकर्मा र सदस्य प्रकाशचन्द्र श्रेष्ठले कोसाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यसैगरी सचिवमा पनि २ जनाको उम्मेदवारी परेको छ । व्यवसायी असमकबाबु श्रेष्ठ र काजीराम श्रेष्ठले कोसाध्यक्षमा मनोनय दर्ता गराएका छन् । सदस्य तर्फको सात पदमा भने ११ जनाको उम्मेदवारी परेको छ । रामहरी के.सी, गोबिन्द बहादुर गुरुङ्ग, चन्दनबावु खत्री, ओम बहादुर श्रेष्ठ,बसन्त बस्नेत, मानकाजी श्रेष्ठ, शरण श्रेष्ठ, पुष्कल अर्याल, बसन्तकुमार श्रेष्ठ, डिल कुमारी गुरुङ्ग, ज्ञान प्रसाद ढकाल विच प्रतिस्पर्धा हुने भएको हो । सघंको आगामी तिन वर्षे नेतृत्वका लागि हालका बरिष्ठ उपाध्यक्ष जिवनज्योति श्रेष्ठ अध्यक्ष, उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, महासचिव भगवानबाबु मास्के उपाध्यक्ष र कोसाध्यक्ष राजुबाबु श्रेष्ठको महासचिवमा एकल उम्मेदवारी परेको छ ।
संघको महिला आरक्षण तर्फ विष्णुमायाँ मास्के र बस्तुगत सदस्य तर्फ सुनचाँदी व्यवसायी सघं गोरखाका अध्यक्ष कृष्ण बिश्र्वकर्माको पनि एकल उम्मेवारी परेको छ । उनीहरु सर्वसम्मत भएपनि निर्वाचन समितिले भने आगामी आइतबा उक्त कुराको जानकारी गराउने बताएको छ । गोरखा उद्योग वाणिज्य सघं गोरखामा ५५८ जना सदस्य छन भने वस्तुगत तर्फको सुनचाँदी व्यवसायी सघं,पालुंटार, भच्चेक, मनकामना, आरुघाट गरी कुल ६०८ जना प्रतिनिधिले निर्वाचनमा भाग लिने गोरखा उद्योग वाणिज्य सघं गोरखाले जानकारी दिएको छ ।


