नरेन्द्र ढकाल/गोरखा
माघ १९ गते । जिल्लामा सञ्चालित हेवीइक्युप्मेन्टका अपरेटहरुले सेवा सुविधा बढाउन व्यवसायीलाई अल्टिमेटम दिएका छन् । सेवा सुबिधा थोरै भएको भन्दै प्रतिघण्टा २ सय भत्ता र न्यूनतम मासिक १५ हजार तबलको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
सघंका अध्यक्ष डिल्लीराज खड्काको अध्यक्षतामा बिहीबार भएको बैठकले आगामी फागुन ८ सम्म माग पुरा गर्ने व्यवसायीलाई अल्टिमेटम दिएको छ । ‘हाम्रो सेवा सुबिधा निकै थोरै छ, पुननिर्माणका समय अहिले कामको मारामार हुँदा पनि हामी ठगिनुपरेको छ’ अध्यक्ष खड्काले भने ।
यदी व्यावसायीले माग पुरा नगरे शसक्त आन्दोलन गर्ने निर्णय समेत भएको अध्यक्ष खड्काले जानकारी दिए । ‘हामीले सुरुमा आग्रह गरेका हौं, यदी उहाँहरुले हाम्रो कुरा सुन्नुभएन, भन्ने काम नै छोडेर सडकमा ओर्लिन बाध्य हुन्छौं’ उनले भने । भेलाले नयाँ अपरेटरहरुलाई आगामी फागुन ५ गते सम्म सघं दर्ता हुनका लागि आग्रह गरेको छ ।
बैठकमा संघमा आवद्ध ७२ जना अपरेटरहरुको उपस्थिती रहेको थियो ।


