×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गंगामायाको किन उपेक्षा ?

  •  
  • बुधबार, माघ १७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    घनश्याम खड्का

    काठमाडौँ — छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा, फुजेलकी ६१ वर्षे गंगामाया अधिकारीले सहिद दिवसका अवसर पारेर मंगलबारदेखि फेरि आमरण अनशन सुरु गरेकी छन् । लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरेकी हुन् । ‘जबसम्म मलाई न्याय दिइँदैन तबसम्म खान्नँ,’ उनले भनिन्, ‘बरु मेरो प्राणै जाओस्, माग पूरा नभएसम्म आन्दोलन तोड्दिनँ ।’ अघिल्ला सत्याग्रहमा उनका साथमा पति नन्दप्रसाद पनि हुने गर्थे । मुखमा अन्नपानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भएको थियो । त्यस बेला गंगामायाको हालत पनि नाजुक थियो । शारीरिक कमजोरीले बोल्नसम्म नसक्ने अवस्थामा पुगेकी उनलाई मानव अधिकारवादी र चिकित्सकहरूले सुरुमा पानी, फलफूलको रस र झन्डै एक महिनापछि दूध तथा दालको झोल खुवाएर ब्युँताइदिएका थिए ।

    ‘मलाई पनि उहाँसँगै मर्न दिएको भए हुन्थ्यो तर जबर्जस्ती नै खुवाइयो,’ गंगामाया भन्छिन्, ‘धेरैले मलाई न्याय पाइन्छ, धैर्य गर्नुुस् भनेर सान्त्वना दिइरहे तर अब हार खाइसकेँ, न्याय पाइने छाँट देखिनँ, त्यसैले अब अन्तिम उपाय गर्दैछु ।’
    केही दिनयता गंगामायाको स्वास्थ्य बिग्रँदै गएपछि चिकित्सकले जाँचका लागि रगत लिने प्रयास गरिरहेका थिए । तर, उनले आफू अब अनशन बस्ने भन्दै रगत झिक्न नदिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । उनमा जीउ पोल्ने, छाती दुख्ने र दाहिने खुट्टाको एउटा पाटोमा स्पर्सको अनुभव कम हुने समस्या देखिएको छ ।
    तत्कालीन विद्रोही पक्षबाट अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका बेला बितेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालमा छ । जेठा छोरा नुरप्रसाद पनि चार वर्षदेखि बेपत्ता भएकाले परिवारमै एक्लो हुनुपरेको पीडाले गंगामायालाई बरोबर रुवाइरहन्छ ।
    ‘मेरो निकै सुन्दर र सानो परिवार थियो, आफ्नै घरजग्गा र खेतबारी थियो,’ छोराको हत्याअघि कहिल्यै काठमाडौं नटेकेकी गंगामाया भन्छिन्, ‘तर, अपराधीहरूले यो खुसी देख्न सकेनन्, छोरा मारियो, न्याय माग्दा बूढा मरे, भएको अर्काे छोरो मरेबाँचेको पत्तो छैन, अब कसको मुख हेरेर बाँचौं ?’
    लामो संघर्षपछि समातिएका अभियुक्तलाई पनि चितवन जिल्ला अदालतले निर्दाेष भनेर छाडिदिएपछि त्यस आदेशविरुद्ध सर्वाेच्च अदालतको ढोका ढकढक्याउन पुगेकी गंगामाया सधैँ पेसी सरिरहँदा थप विक्षिप्त छिन् ।
    ‘जहाँ पनि जहिल्यै भोलि–भोलि भनेर झुलाइरहन्छन्, अदालतले पनि झुलाइरह्यो,’ उनले भनिन्, ‘अब झुलाइरहुन्, मैले अनशन सुरु गरेँ ।’ गंगामायाको निवेदनमा सुनुवाइका लागि पछिल्लो पटक फागुन १३ गतेका लागि सर्वाेच्चले पेसी तोकेको छ । कनकमणि दीक्षित, चरण प्रसाईं, बाबुराम गिरीलगायत मानव अधिकारवादीहरूले ‘गंगामाया बचाऊ’ अभियान चलाइरहेका छन् । अभियान सदस्यहरूले उनलाई कम्तीमा फागुन १३ सम्म अनशन नबसिदिन आग्रह गरेका थिए । उनीहरूले मंगलबार अस्पतालमै पुगेर स्वास्थ्यस्थिति नाजुक भइसकेकाले थप क्षति हुन नदिनका लागि अनशन नबस्न सुझाए पनि गंगामायाले आफ्नो निर्णय छाडिनन् ।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.