गोरखा समाचारदाता
माघ १६ गते । बालुवा उत्खनका बिषयमा प्रहरी र स्थानीय विच बारपाकमा विवाद हुँदा आइतबार दिनभर सो क्षेत्रको यातायात ठप्प भएको छ । भूकम्प पीडितलाइ सहज रुपमा वालुवा उपलब्ध गराउन माग गर्दै स्थानीयहरुले आन्दोलन उत्रिएका थिए । बालुवा संकलनका क्रममा केही व्यवसायीलाई प्रहरीले प्रकाऊ गरेपछि स्थानीय आक्रोशित भएका हुन् । स्थानीय ढुवानी व्यवसायीलाई दरौदी नदीबाट बालुवा संकलन गर्न प्रहरीले रोक लगाए पछि आन्दोलित हुनुपरेको उनीहरुले बताएका छन ।
‘हामीले आफ्नै बारीको बालुवा पनि झिक्न पाएनौं, बारपाकमा पुननिर्माण काम ठप्प हुने भयो भनेर आन्दोलनमा उत्रिएका हौ’ स्थानीय हर्क गुरुङले भने । सोही स्थानमा पुननिर्माणको लागी स्थानीय पीडितले जम्मा गरेका वालुवामा मनपरी ढंगले सूर्य कन्स्ट्रक्सनले कर असुल गरेको आरोप लगाउदै उनीहरुले शनिवार साँझ देखि बारपाक बन्द गरेका थिए ।
उक्त कन्ट्रक्सनले वालुवा लिएर आउने प्रति ट्याक्टर आठ सय रुपैया कर लिने गरेको ढुवानी व्यवसायी एवं बारपाकका स्थानीय यम गुरुङले बताए । जिल्ला समन्वय समितिले केही दिन अघि वालुवा उत्खनन सम्बन्धि बनाएको नियम अनुसार सहमति भएपछि आइतवार दिउँसो चार बजेबाट आन्दोलन स्थगित भएको छ ।
आन्दोलनका कारण बारपाक भएर सबारी चल्ने लाप्राक, गुम्दा लगायत धार्चे गाउँपालिकाको विभिन्न ठाउँमा जाने सर्व साधरण मर्कामा परेका थिए ।


