×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिजुलीको बिल तिर्दा लाइन बस्नु नपर्ने

  •  
  • मङ्गलबार, माघ १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ १६ गते । विद्युत प्राधिकरण वितरण शाखा गोरखाले जिल्ला मै पहिलो पटक क्यू म्यानेजमेन्ट सिस्टेम सञ्चालन गरेको छ । उक्त सेवा सुरु भएपछि अब विद्युतकोे महशुल तिर्ने जाने सेवाग्राहीले लाईन बस्नु नपर्ने भएको छ । ‘यो सिस्टेमले हामीलाई त निकै सजिलो भएको छ, यसरी घाम तापेर पालो कुर्न पाइएको छ’ कार्यालय परिसरमा भेटिएका लक्ष्मीबजारका रामशरण पुडासैनीले भने । महसुल तिर्न आएका सेवाग्राहीको अत्याधिक भिड भएपछि विद्युत प्राधिकरण वितरण शाखा गोरखाले जिल्ला मै पहिलो पटक टोकन लिएर बिल तिर्ने पाउने व्यवस्था मिलाएको छ ।

    बिल तिर्न पुगेका सेवाग्राहीले सुरुमा कार्यालयको मुल ढोकामा राखिएको एउटा मेसिनबाट टोकन लिनु पर्नेछ । भित्तामा राखिएको उक्त मेसिनेको राता बटममा थिचे पछि एउटा कुपन निस्किन छ । त्यसपछि कार्यालय परिसरमा गएर बस्ने व्यवस्था मिलाइएको छ । टोकन नम्बर अनुसार भित्र बसेका कर्मचारीले श्रब्य दृष्य माध्यम मार्फत सेवाग्राहीको पालो बारे जानकारी गराउँछन् ।

    त्यसपछि टोकनमा भएको नम्बरका आधारमा काउन्टरमा गएर आफ्नो पालोमा महसुल तिर्नुपर्छ । उक्त सेवा सुरु भएसँग बिल तिर्न निकै सजिलो भएको सेवाग्राहीले बताएका छन् । ‘यो अफिसले ल्याएको सुबिधा निकै राम्रो लाग्यो, म बुढी लाइन बस्न सक्दिन, भित्रबाट बोलाए पछि आउन भन्नुभएको छ’ कार्यालय परिसरको कुर्चिमा बसेर पालो कुरिरहेका पाटेचौरकी सान्नानी श्रेष्ठले भनिन् ।

    सेवाग्राहीको अध्याधिक चाप हुँदा घाम पानी लाइन बस्न समस्या भएपछि उक्त सेवा सुरु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखाले जानकारी दिएको छ । कार्यालयका प्रमुख माधव न्यौपाने भन्छन् ‘यो सिस्टमलाई क्यू म्यानेजमेन्ट भन्छन्, हामीले सेवाग्राहीलाई सजिलो होस भनेर नै जिल्लमा पहिलो पटक यो सेवा सुरु गरेका हौ ।’

    यो प्रविधिको प्रयोग पछि घण्टौं लाइन बस्ने बाध्यता हट्नुका साथै पालो मिच्ने समस्या पनि हटेको प्रमुख न्यौपानेले बताए । कार्यालयले दिने सेवा सुबिधालाई छिटो छरितो बनाउने उदेश्यका टोकन सिस्टम सुरु गरिएको उनको भनाई छ । ‘अब घाम पानीमा लाइन बस्न पनि पर्दैन, हामीले बस्ने ठाउँ पनि मिलाएका छौ, उहाँहरु त्यहाँ बस्नुहुन्छ, पालो आएपछि सेवा लिएर फर्कनुहुन्छ’ उनले थपे ।

    उक्त सिम्टम बाहेक पालो मिचेर काम नगर्न कर्मचारीलाई पनि कडा निर्देशन दिएको भन्दै न्यौपानेले यदी कसैले त्यस्तो काम गरे उजरी गर्न समेत आग्रह गरेका छन् ।

    केही दिन यता जिल्लामा विद्युत सेवा अनियमित भएको फरक प्रशङ्गमा उनले मौसम र लामो समय मर्मत कार्य हुन नसक्दा समस्या देखिएको बताए । ‘वर्खा, चाडपर्व, निर्वाचन जस्ता कुरा हाम्रो नियमित मर्मत सम्भारको काम प्रभावित भएको थियो, त्यसकारण केही समस्या देखिएको हो’ न्यौपानेले भने ‘ हामीले तिब्र रुपमा मर्मतको काम गरिरहेका छौं,केही समयमा सो समस्या हल हुन्छ ।’

    अहिले प्राविधिक कारणले बत्ती आउने जाने समस्या देखिए पनि त्यसलाई लोडसेडिङको रुपमा नबुझ्न आग्रह गर्दै उनले गोरखामा अब कहिल्यै लोडसेडिङ नहुने दाबी गरे ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.