×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नदिजन्य पदार्थ अबैद्य उत्खनमा कडाई

  •  
  • बिहिबार, माघ ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    माघ ११ गते । गिट्टी बालुवा अबैद्य कारोबार गरेको भेटिएमा अब २० हजार देखि ४० हजार सम्म जरिवाना लाग्ने भएको छ । भुकम्प पिडितले घर बनाउन लागेको मौका छोपी गिट्टी बालुवाको अवैद्य उत्खन एवं कारोबार बढेको गुनासो आएपछि बनेको एक कार्यदलको सिफारिसमा हाल एक हजार रहेको जरिवाना बढाउने निर्णय भएको हो । ‘अबैद्य काम गर्नेलाई उन्मुक्ति दिनु हुँदैन कडा भन्दा कडा कारवारी गर्नु पर्छ भन्ने मेरो धारणा हो’ जिल्लाका सराकोरवालाहरुको बैठकमा प्रजिअ जितेन्द्र बस्नेतले भने । केही दिन अघि ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख अमृतमणी रिमालको संयोजकत्वमा गठित समितिले बुधबार प्रअिज बस्नेतलाई आवश्यक सुझाव सहितको प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा

    नदिजन्य पदार्थको अबैध ओसारपोसार गरेको भेटिए, ट्रयाक्टर तथा साना सवारी साधनको हकमा रु २० हजार, प्रति ट्रिपर तथा ठूला सवारी साधनको हकमा ३० हजार र उत्खनका क्रममा हेभी इक्वीपमेन्ट प्रयोगको पाइएमा ४० हजार जरिवाना गर्न सिफारिस गरेको हो । ‘यो जरिवाना एक पटकका लागि पटक/पटक गल्ती गर्नेलाई जरिबाना पनि दोब्बर पार्ने निर्णय गरेका छौ’ प्रजिअ बस्नेतले भने । अबैद्य रुपमा नदिजन्य पदार्थ संकलन गरी राखिएको पाइएमा उक्त पदार्थ जफथ गरी प्रतिघनमिटर बिगो सहित १५ सय जरिवाना लगाउन पनि समितिले सिफारिस गरेको छ । अबैद्य उत्खनन्को सुचना दिने सर्वसाधरण र प्रकाउ गर्ने प्रहरीलाई समेत प्रोत्साहन स्वरुप कानुन अनुसार जरिवानाको केही प्रतिशत दिने निर्णय समेत भएको छ ।

    ठेक्का लगाइएको ठाउँमा पनि कडाई गरिएको छ । ठेकदारले सर्त पालना नगरी उत्खनन र बिक्रि वितरण गरेको पाइएमा उनीहरुलाई पनि जरिवाना लगाउने निर्णय भएको छ । ‘ठेकेदारले नियमत ठेक्का लिए पनि सर्त पालना गरेको छैन भने उ पनि सजाएको भागिदार हुन्छ’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेलले भने । त्यो प्रकृतिको कसुर पाईएमा साना सवारी साधनको हकमा १५ हजार, ट्रिपरको हकमा २५ हजार सहित नदिजन्य पदार्थ जफत गरी प्रतिघन मिटर १ हजारका दरले बिगो सहित जरिवाना लगाउने निर्णय भएको छ । हेभी इक्वीपमेन्टको हकमा ३५ हजार जरिवाना तिर्नुपर्ने छ । ठेक्का लागेका ठाउँमा पनि घाटगद्धी गरी कम्तीमा १५÷१५ दिनमा अनिवार्य रुपमा प्राबिधिकबाट चेकजाचँ गरे पछि मात्र विक्रि बितरण गर्ने पाउने सहमती भएको छ ।

    अब देखि अनुमति लिएका ठाउँमा पनि आफ्ना कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्रको व्यवस्था गर्नुपर्ने छ । ठेक्का लागेका सबै घाटहरुमा सर्त बमोजिनको सुचना बोर्ड समेत राख्नुपर्ने निर्णय भएको छ । ‘सूचना बोर्डमा कम्पनीको नाम, उत्खनन् स्थल, उत्खनन् क्षेत्रको ४ किल्ला, उत्खननको गहिराई, उत्खननको परिणाम,प्रयोग गर्ने साधन, उत्खनन गर्ने समय र मिति समेत उल्लेख भएको हुनुपर्छ’ प्रजिअलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ । जिल्लामा संकलन भएको निर्माण सामाग्री आन्तरिक माग पुरा गरेर मात्र बाहिरी जिल्लामा पठाउनु पाइने र  निकासी गर्दा कर तिरेर मात्र लैजान पाउने निर्णय गरिएको छ ।

    त्यस्तै आर्थिक ठेक्का लागेका १७ स्थानमा उत्खनन् तथा बिक्रि बितरण गर्दा सम्झौता पालन नगरिएको भए प्रतिवेदन १ को ‘ख’ बमोजिम नै कारवाही गर्नुपर्ने, मापदण्ड बिपरित सञ्चालनमा रहेको शहिद लखन र गण्डकी गाउँपालिकाको दुबै घाट तथा खानीको उत्खनन् तत्काल रोक्ने समेत निर्णय भएको छ । उक्त प्रतिवेदन बुझाए सँगै बसेको जिल्लाका सरोकारवालाहरुको बैठकले निर्माण सामाग्रीको उचित व्यवस्थापन गरि अबैद्य धन्दामा लागिकाहरुलाई कडा कारवाही गर्ने सहमती गरेको छ । स्थानीय तह सम्बन्धी केही प्रावधान बारे जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरु सँग छलफल गरी टुग्याउने जिम्मेवारी स्थानीय विकास अधिकारीलाई दिइएको छ । दश बुँदे उक्त प्रतिवेदन आवश्यक संशोधन सहित टुग्याएको छ ।

    बैठकमा प्रदेश सभाका सांसदहरु हरिशरण आर्चाय, धनकुमारी लामा पोखरेल, लगायत जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.