कैलासबावु श्रेष्ठ/गोरखा
माघ १० गते । बुधबार बिहान देखी मौषममा आएको परिवर्तनका कारण उत्तरी गोरखाको अधिकांश गाउँहरुमा हिमपात भएको छ । हिमपात पछि उत्तरी गोरखा बासी खुशी समेत भएका छन ।
बुधबार बिहान ४ बजे देखी गोरखा जिल्लाको मौषममा आएको परिवर्तन पछि उत्तरी गोरखाको लाप्राक, चुम्चेत, छेकमपार, ल्हो, बिही, प्रोक तथा सामागाउँ क्षेत्रमा हिमपात भएको हो ।
उत्तरी गोरखाको साम्दोमा पनि बिहानै देखी हिमपात भै रहेको छ । हिमपात पछि स्थानिय खुशी भएका छन । ‘ बिहान देखी हिमपात भएको छ । हिउ परे पछि अन्नबाली राम्रो हुनुका साथै धमिलो भएको मौषम सफा पनि हुन्छ’ शिक्षक निमा दोर्जे लामाले भने । ‘हिउ परे पछि सुकेको पानीको मुहान समेत पलाउछ भने गाई बस्तुले खाने घाँस समेत पलाउछ’ शिक्षक लामाले भने ।
मौषम परिवर्तन संगै जिल्लाको धेरै जसो भू भागमा पानी परेको छ । बिहान १० बजे पछि हावा समेत चलेको र घाम नलागे पछि चिसोको अनुभव गरीएको छ ।


