गोरखा समाचारदाता
लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजारले विद्यालयमा रहेको जन्मदिन कोषबाट बडालाई सहयोग गरेको छ ।
उक्त विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षकहरुको जन्मदिनका बखत प्रति व्यक्त २०० रुपयाँ संकलन गरी जम्मा भएको कोष मार्फत गोरखा नरपालिका वडा नम्बर ९ को फोहोर व्यवस्थामा सहयोग गरिएको विद्यालयका प्रिन्सिपल कमल थापाले बताए ।
मंगलवार एक कार्यक्रमका बिच विद्यालयले केही सामाग्री हस्तान्तरण गरिएको छ । सरसफाइमा टेवा पुग्ने उदेश्यले बाल्टिन, बाल्टिन राख्ने स्ट्यान वितरण गरिएको बिद्यालयले जनाएको छ ।
प्रिन्सिपपल थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समितिका संयोजक एकदेव अधिकारी, वडाध्यक्ष कुल बहादुर कुँवर लगायतले मन्तव्य राखेका थिए ।




















