गोरखा समाचारदाता
सिरानचोक गाउँपालिका वडा नम्बर ३ हर्मीमा निशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल आँखा अस्पतालको प्राविधिक सहयोग, लायन्स क्लव अफ कन्चनजंगा र हर्मी काठमाण्डौ सेवा समाजको साझेदारीमा सुरु भएको शिविरको मंगलबार एक कार्यक्रमका विच गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका हुन् ।
दवाडीको आखाँ परिक्षण गरि सुरु भएको शिविरको पहिलो दिन २ सय भन्दा बढिले आँखा जाँच गराएका छन् । सोही स्थानमा अपरेसन सहितका सुविधा प्रदान गरिएको उक्त शिविरको स्थानीय संयोजन भने सिरानचोक गाउँपालिकाले गरेको हो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष दामोदर मरहट्टाको अध्यक्षता तथा सांसद दवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांसद मनकुमारी गुरुङ, नेपाल जनस्वास्थ्य संघका महासचिव सलाउदिन मियाँ, सिरानचोक गाउँपालिकाकी उपप्रमुख रिता देवकोटा, वडा सदस्य जयकृष्ण ढकाल, स्थानिय जनार्दन ढकाल लगायतले मन्तव्य राखेका थिए ।
३ दिन सम्म चल्ने उक्त शिविरबाट सिरानचोक गाउँपालिका अन्र्तगतको केराबारी, थालाजुङ, हर्मी छोप्राक र पालुङटार नगरपालिकाको आँपपिपलका स्थानीयले सेवा लिने आयोजकले बताएको छ ।


