नरेन्द्र ढकाल/गोरखा
माघ ९ गते । अजिरकोट गाउँपालिका वडा नम्बर ३ फाहास्वाराँका नरिल तमाङले चिसोमा रात काटन थालेको ३ वर्ष भयो । उमेर ८२ बसन्त पार गरिसकेका तमाङ नयाँ घरको पखाईमा भुकम्प पछिको तेश्रो हिउँद कटाउँदै छन् । उनको जस्ताले बारेको टहरामा शित चुहिन्छन् । ‘जाडोले निदाउनै सकिदैन, दिउँसो त घाम लाग्छ यता उता हिढ्छु रात कटाउन हम्मेहम्मे पर्छ’ केही दिन अघि उनको बन्न लागेको नयाँ घर अघि बसेर तमाङले गोरखा समाचारसँग गुनासो गरे ।
‘घर भए त चिसो धेरै कम हुन्छ नी, जस्ताको टहरामा त बस्नै नसिकिदो रहेछ, धर्ररै शित चुहिन्छ ।’ उनका ४ भाई छोरा छन् । अधिकाशं रोजगार अन्य कामको शिलशिलामा घर बाहिर छन् । बुहारी र नातीनातिना सहित टहरामा बसेका तमाङले भुकम्प गएको ३३ महिना बितिसक्दा सक्दा समेत नयाँ घर बनाउन सकेनन् । ‘म बुढो मान्छे, अहिलेको कुरा जान्दिन, ऊ बेलामा इन्जिनियर थिएन, जस्तो जान्यो त्यस्तै बनायो बस्यो, अहिले त, केके हो, हो केके ।’ उनका ४ वटा छोराको घर एकै साथ डिपिसी गरिएको छ ।
भुकम्प अगाडी नै छुट्टिभिन्न भएका छोराहरुले लहरै नयाँ घर बनाउन सुरु गरेका छन् । कान्छा छोरासँग बसेका तमाङ अहिले धेरै कुरा परिर्वतन भएको बताउँछन् । ‘हाम्रा पालामा जस्तो छैन, अहिले त इट्टा र सिमेन्ट नभइ घर बन्दैन ।’ ढुङ्गाले घर बनाए भुकम्पले भत्किने भन्दै तराई बाट महंगोमा ल्याएरको इट्टाले घर बनाउन लागिएको छ । ‘एक त ढुङ्गाले बनाएको घर भत्किन्छ रे, फेरी कस्ले खोज्ने ढुङ्गा ? इट्टै सजिलो’ तमाङले भने ।
भच्चेक बजारबाट केही माथी रहेको उक्त गाउँमा पु¥याउँदा कमसल खालको इट्टाको मुल्य पनि २० रुपयाँ भन्दा बढि पर्ने गरेको छ । ‘ऋण धन जे गरेर भए पनि घर त बनाउनु प¥यो, नयाँ घरमा बसेर मर्न पाए कति ढुक्क हुन्थ्यो होला’ तमाङले सुस्केरा हाल्दै भने । यो वर्षको जाडोमा पनि उनको घर तयार नहुने लगभग पक्का छ ।
दोश्रो किस्ता लिए पनि कामदार र निर्माण सामाग्री अभावका कारण गारो लगाउने काम अझै सुरु भएको छैन् । ‘यस पटकको जाडो काटिएछ भने अर्को वर्ष न्यानो घरमा बस्न पाइएला नी’ उनले झिनो आशा व्यक्त गरे । भुकम्पले भत्किएका जिल्लाका अधिकाशं बस्तीहरुमा अहिले पनि यस्तै समस्या छ । तर पनि जिल्लाका अधिकाशं पिडितहरु घरको डिपिसी गर्न तल्लिन छन् ।
पुननिर्माण प्राधिकरणले स्थानीय स्तरमा उपलब्ध सामाग्री प्रयोग गर्ने सम्बन्धमा पिडितलाई उचित ज्ञान दिन नसक्दा पिडितको लगानी बढेको छ । उनीहरु इट्टाले बनाएको घर बलियो हुने भम्रमा मंहगोमा ढुवानी गरेर भएपनि घर बनाउन लागि परेका छन् ।


