गोरखा समाचारदाता
जिल्लाको पुनःनिर्माणले गति लिन नसकेको भन्दै नागरिक समाजका अगुवाले चिन्ता ब्यक्त गरेका छन् । पछिल्लो समय निर्माण समाग्रीको अत्याधिक मुल्यबृद्धिसंगै देखिएको ढुवानीको समस्याले पुनःनिर्माणको काम प्रभावित भएको भन्दै उनिहरुले चिन्ता ब्यक्त गरेका हुन् ।
नागरिक साझा सवाल गोरखाको नियमित बैठकमा बोल्दै नागरिक समाजका अगुवाहरुले निजि आवास अनुदान किस्ता लिने समयसिमा थप गर्न समेत माग गरेका छन् । त्यस्तै निर्माण सामाग्रीमा भएको कालोबजारीले भुकम्प पिडितलाई थप सास्ती भएको भन्दै कडाईका साथ अनुगमन गर्न प्रशासनलाई अनुरोध गरेका छन् ।
जिल्लामा रहेका भुमिहिन भुकम्पपिडितको आधिकारीक तथ्यांक नहुदा समस्या भएको उनिहरुको बताएका छन् । त्यस्तै लाभगा्रही सुचीमा नाम छुट भएकाहरुको गुनासोलाई छिटो सम्बोधन गरी पुनःनिर्माणको गतिलाई अघि बढाउनु पर्नेमा उनिहरुको जोड छ ।
साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितीकी उप–प्रमुख जानुका अधिकारी, मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारी, कमल प्रसाद लामिछाने, प्राध्यापक एकदेव अधिकारी, इन्सेक प्रतिनिधी हरिराम उप्रेती, सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले पुनःनिर्माणमा भइरहेको ढिलासुस्तीका बारे आफ्नो धारणा राखेका थिए । त्यस्तै महिला मानवअधिकार रक्षक सञ्जालकी संयोजक सावित्री भट्ट, एम्नेष्टी इन्टरनेशनल समुह ४२ कि सचिव सविना पोखरेल, भगवती कडेंल लगायतले बैठकमा भनाई राखेका थिए । बैठक नागरिक समाजः पारस्पारिक जवाफदेहिता अभियानको आयोजनामा भएको हो ।
पुनःनिर्माण सुस्त भएकोमा नागरिक समाजको चिन्ता
पुनःनिर्माण सुस्त भएकोमा नागरिक समाजको चिन्ता
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


