गोरखा समाचारदाता
शहिद लखन गाँउपालिका वडा नम्बर ७ का सेवाग्राहीले वडा कार्यालयबाट अतिरिक्त सुविधा पाउन थालेका छन् । वडा कार्यालयले दिने सेवा सुविधाका साथै अन्य सुविधा समेत कार्यालयबाट पाउन थालेपछि सेवाग्राही उत्साहित भएका छन् ।
यस अघि खानेपानी र शौचालयको समेत राम्रो प्रवन्ध नभएको वडा कार्यालयमा हाल खानेपानी, फोटोकपी, प्रिन्ट, इन्टरनेट लगायतका सेवा पाउन थालेका छन् । वडा कार्यालयको सेवा सुविधालाई चुस्त बनाउन बिभिन्न गैरसरकारी संघसंस्था तथा ब्यक्तिहरुसंग समन्वय गरी सहयोग जुटाएको वडा अध्यक्ष शरण श्रेष्ठले बताएका छन् ।
सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा दिन र वडा कार्यालयलाई ब्यवस्थित बनाउनका लागि हालसम्म विभिन्न संघसंस्था र ब्यक्तिहरुले सहयोग गरेको वडाध्यक्ष श्रेष्ठको भनाई छ । ‘जनताले वडा कार्यालयमा आएपछि भोग्नुपरेका समस्यालाई हटाउने प्रयत्न गर्दैछु, सेवा सुविधालाई पनि चुस्त बनाउन स्रोत साधनको जोहो गरेको छु, यसले सेवा प्रभावकारी हुन्छ भन्ने विश्वास छ’
वडा अध्यक्ष श्रेष्ठको सक्रियतामा हालसम्म वडा कार्यालयलाई पवित्रा फर्निचर स्टोर्सले एक थान दराज, अक्सफामको सहयोगमा तुलसी मेयर युनेस्को क्लबबाट दुई हजार लिटरको खानेपानी ट्यांकी, फोटोकपी पेपर सहयोग जुटेको छ । त्यस्तै प्रदिपजंग कुवँर, राजु मियाँको सहयोगमा कार्यालयलाई सुचनामैत्री बनाउन ५२ इन्च टिभि, शिवध्वज खत्रीबाट २ थान फिल्टर यसैगरी शहिद लखन गाँउपालिका ७ घर भइ हाल कोरिया बस्ने किरणबाबु श्रेष्ठ र राजेन्द्र श्रेष्ठको पहलमा ५० हजार बराबरको फोटोकपी मेसिन प्राप्त भइसकेको छ ।
त्यस्तै वडालाई सुचना मैत्री बनाउनका लागि सोही वडामा सञ्चालित पारस्पारिक जवाफदेहिता अभियानले ‘श्रृजनशिल शाखा’ नामक सुचना केन्द्र समेत स्थापना हुन लागेको वडा अध्यक्ष श्रेष्ठले बताएका छन् । त्यसका लागि अभियान संचालन गर्ने संस्था सोच नेपालसंग सम्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको उनको भनाई छ । सोच नेपालले सो वडामा कम्प्युटर, टेबल, कुर्चिहरु साथै राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका, इन्टरनेट लगायतको ब्यवस्था गर्ने गरी काम थालेको अभियानका जिल्ला संयोजक मोहसिन अलि मियाँले बताएका छन् ।
सेवाग्राहीलाई कार्यालय मै अतिरिक्त सुविधा
सेवाग्राहीलाई कार्यालय मै अतिरिक्त सुविधा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


