×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

युके एडले क्यान्टिलिभर पुल स्थानीय सरकारलाई बुझायो

  •  
  • शुक्रबार, माघ ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ ५ गते । नेपाल मै पहिलो पटक बनेको क्यान्टिलिभर पुल स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । भुकम्प पछि उत्तरी गोरखाको यारु बगर र स्यार खोला निर्माण गरिएको उक्त पुलको बुधबार एक कार्यक्रमका विच धार्चे र चुमनुब्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । ‘भुकम्पले पिडामा रहेका मानिसहरुलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुसि लागेको छ’ बेलायती सहयोग नियोग नेपालका बरिष्ठ पुर्वाधार सल्लाहाकार लियोनार्ड टेडले भने । धार्चे गाउँपालिकाको यारुबगर स्थीत बुढीगण्डकी नदीको किनार र चुमनुबीको स्यार खोला किनारमा पहरा खोपेर पुल बनाइएको छ ।

    यूके एडको आर्थिक सहयोगमा सामर्थ–नेपाल बजार बिकास कार्यक्रम अन्र्तगत निर्माण भएको उक्त पुलको डिजाइन तथा निर्माण व्यवस्थापनको काम स्वीट्जरल्याण्डको एएफ–आइटेको लिमिटेडले र स्टीलको निर्माण तथा जडान बालाजु यन्त्रशाला प्रा.लिले गरेको हो । ‘हामीले निकै छोटो अबधीमा राम्रो काम सम्पन्न गरेका छौ, अब यसको जिम्मा स्थानीय सरकारलाई जाँदै छ’ क्यान्टिलिभर पुलको प्राविधिक पक्ष बारे जानकारी गराउँदै इटेका प्राविधिक सल्लाहाकार विष्णु शाहले भने । स्टील प्रयोग गरेर बनाइएको उक्त पुल धार्चेमा १२५ मिटर लामो छ भने त्यसको पैदलबाटो ५५ मिटर रहेको शाहले बताए ।

    त्यसैगरी चुमनुब्रीमा निर्माण गरिएको दोश्रो मार्ग ९० मिटर लामो र १२६ मिटर पहुँचमार्ग रहेको छ । उत्तरी गोरखा आवतजावत गर्ने करिव ८ हजार मानिस उक्त पुल भएर यात्रा गर्ने शाहको भनाई छ । ‘यो पुलले यस क्षेत्रका जनता र यहाँ आउने पर्यटकलाई हिढडुल गर्न सजिलो हुन्छ भन्ने हाम्रो अपेक्षा हो’ उनले भने । युके एडको वित्तीय सहयोग प्राप्त अडाम स्मिथ इन्टरनेशलनद्धारा बनाइउको उक्त पुल निमार्णका लागि मनास्लु संरक्षण क्षेत्र परियोजना र जिल्ला समन्वय समितिको समन्वय रहेको थियो । उक्त दुई वटा पुल निर्माणका लागि करिव ८ करोड रुपयाँ खर्च भएको छ । जसमध्ये धार्चेको लागि ३ करोड ७५ लाख र चुमनुब्रीमा ४ करोड १५ लाख खर्च भएको निर्माण संस्थाले जानकारी दिएको छ ।

    बुधबार जिल्ला समन्वयको सभाहल आयोजित एक कार्यक्रमका विच उक्त दुबै पुल क्रमश धार्चे गाउँपालिका सन्त बहादुर गुरुङ र चुमनुब्रीका धन बहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै दुबै गाउँपालिका अध्यक्षहरु पुल निर्माण पछि उत्तरी गोरखामा रहेको नाकाबन्दी खोलिएको बताए । ‘बाटो नभएर उत्तरी गोरखामा नाका बन्दी थियो, अब खुल्ला भएको छ’ चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने । हेलिकप्टर मार्फत महंगोमा दैनिक उपभोग्य सामान ढुवानी गरेर जिवन धानेका स्थानीयले अब पैदल मार्ग मार्फत सामान लैजान सक्ने भन्ने उनले खुसी व्यक्त गरे ।

    यसैगरी धार्चे गाउँपालिका प्रमुख सन्त बहादुर गुरुङले क्यान्टिलिभर पुलले उत्तरी गोरखाको परिचय थपेको बताए ‘हामी उत्तरी गोरखालाई मनास्लु हिमालसँग मात्र जोडेर परिचय गराउथियौं अब क्यान्टिलिभर पुल पनि त्यहाँको परिचय बन्न पुगेको छ ।’ भुकम्पले क्षतिसँगै अवसर पनि ल्याएको भन्दै गुरुङले पुल बने पछि स्थानीयलाई आवतजातमा सहज हुनुका साथै पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षमा भएको कार्यक्रममा उपस्थित भएका सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे, उद्योग मन्त्रालयका सहसचिव डाक्टर गोपिकृष्ण खनाल, स्थानीय बिकास अधिकारी नारायण आर्चाय लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा उक्त पुल निर्माण अघि, निर्माणाधिन अवस्थामा र पछिको श्रब्य दृष्य सामाग्री समेत प्रस्तुत गरिएको थियो । भौगिलिक विकटता, मौसमको कारण देखाउँदै जिल्ला सदरमुकाममा गरिएको कार्यक्रममा पुलको फोटो बनाएर स्थानीय तहका प्रमुखहरुलाई पुल हस्तारण गरिएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.