मोहसिन अलि मियाँ/गोरखा
आगामी ५ र ६ गते गोरखामा निशुल्क मुटु परिक्षण शिविर हुने भएको छ । रोटरी/रोट्रयाक्ट क्लव अफ गोरखाको आयोजनामा गोरखा अस्पतालमा दुइ दिने निशुल्क शिविर हुन लागेको हो ।
हिजो सदरमुकाममा पत्रकार सम्मेलन गर्दै क्लवले नियमित बार्षिक कार्यक्रम अनुसार नै यस बर्ष पनि मुटु परिक्षण शिविर गर्न लागेको बताएको छ । ‘हामीले यो शिबिर बर्षै पिच्छे गर्दै आएका छौ, यो चौथो बर्ष हो’ रोटरी क्लब अफ गोरखाका अध्यक्ष किशोरजंग थापाले भने ।
शिविरमा इको, इसिजी, एक्स्रे सेवा निशुल्क दिइनुका साथै औषधी र परामर्श र चेकजाँच गरिने बताइएको छ । शिविरमा चेकजाँचका क्रममा गम्भिर समस्या देखिएका बिरामीलाई जिल्ला बाहिर पठाउन र उपचारका लागि सहयोग समेत गर्ने क्लबका अध्यक्ष थापाको भनाई छ ।
शिविर सञ्चालनका लागि क्लबका होम बहादुर बाँनियाको संयोजकत्वमा तयारी एवम ब्यवस्थापन समिती गठन भएको आयोजकले बताएको छ । जिल्लामा मुटु जाँचको ब्यवस्था नभएकाले क्लबले केही बर्षयता निशुल्क रुपमा शिविर सञ्चालन गर्दै आएको सचिव कृष्ण ढकाल बताउछन् । दुई दिनसम्म चल्ने शिविरबाट जिल्लाका १ हजार ५ सय भन्दा बढि ब्यक्तिले मुटुको चेकजाँज गर्ने क्लबले अनुमान गरेको ढकालको भनाई छ ।
त्रिभुबन विश्वविद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस् एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका ३० जना विषेशज्ञ चिकित्सक सहितको टोली शिविरमा सहभागी हुनेछन् । टोलीको डाक्टर अनिल भट्टराईले नेतृत्व गर्ने क्लबले जनाएको छ ।
आगामी ५ र ६ गते गोरखामा मुटु परिक्षण शिविर हुने
आगामी ५ र ६ गते गोरखामा मुटु परिक्षण शिविर हुने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


