नरेन्द्र ढकाल/गोरखा
माघ २ गते । समाचार संकलनका लागि गोरखा र तनहुँको सिमावर्ती क्षेत्रमा पर्ने मस्र्याङ्गदी नदी किनार पुगेका पत्रकार सुुदिप कैनी माथी आक्रमण भएको छ । सो क्षेत्रमा नदी जन्य पदार्थको अवैद्य उत्खनन भएको गोप्य सूचनाको आधारमा समाचार संकलनका लागि तनहुँको आँबुै खैरनी स्थित कृष्ण मन्दिर नजिकै पुगेका कैनीलाई अज्ञात समूहले आक्रमण हो । ‘म गोरखा तिरको रिर्पोटिङ सकेर तनहुँ पट्टि गएको थिए, फोटो खिच्ने क्रममा एक्कासी आक्रमण भयो’ उनले भने । भुकम्प पिडितले घर बनाउन सक्रियता बढाए सँगै निर्माण सामाग्रीको माग बढेको मौका छोपी गोरखा र आसपासका नदीहरुमा अबैद्य उत्खनन बढेको छ । कैनीले क्यामरा निकाल्ने बित्तिकै केही युवा आएर रोके । ‘सुरुमै फोटो खिच्ने त को होस्, तुरुन्त डिलिट गर् भनेर मलाई धम्क्याए’ कैनीले भने ‘अनि मैले आफ्नो परिचय पत्र देखाएर आफू रिर्पोटिङका लागि आएको हो भने, अनि मलाई घेरा हालेर आक्रमण गरे ।’ आक्रमणबाट उनको घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको छ । कान्तिपुर दैनिकका गोरखा संवाददाता समेत रहेका कैनी क्यामेरा र मोबाइलमा समेत फुटेको छ ।
उक्त घटनाको निन्दा गर्दै पत्रकार महासघं गोरखाले प्रेस विज्ञप्ती निकालेको छ । ‘गोरखा र तनहुँको सिमानामा पर्ने मस्र्याङदी नदि किनारमा २०७४ माघ १ गते दिउसोको समयमा विना टेण्डर बालुवा उत्खनन भैरहेको समाचार संकलन गर्न गएका कान्तिपुर दैनिक गोरखाका संवाददाता तथा नेपाल पत्रकार महासंघ गोरखाका केन्द्रिय पार्षद सुदिप कैनिमाथी अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्नेहरुको एक समुहले कुटपिट, दुब्र्यबहार गरि क्यामरा र मोवाइल फुटाएको घटनाप्रति नेपाल पत्रकार महासंघ गोरखा शाखाको गम्भिर ध्यानाकर्षण भएको छ’ महासघंका जिल्ला अध्यक्ष किशोरजङ्ग थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । पत्रकार कैनिमाथिको आक्रमण प्रेस स्वतन्त्रता माथिको हमला भएकाले महासंघ त्यसको घोर भत्र्सना गरिएको छ । ‘समाचार संकलनमा आबश्यक उपकरणमा क्षति पुगेकोले यसको क्षतिपुर्ति तथा दोषीको पहिचान गरी कडा कार्वाही गर्नका लागी महासंघ प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।
साथै पछिल्लो समयमा बढ्दो गुण्डागर्दीले पत्रकारहरुको प्रेस स्वतन्त्रता माथि हमला पुग्ने खतरा बढेकाले प्रशासन र सम्वद्ध पक्षलाई सुरक्षाको ग्यारेन्टी गर्न जोडदार माग गरिएको छ ।‘पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सुरक्षाकर्मीले सुरक्षाको प्रत्याभूति दिन पनि महासंघको अनुरोध छ ।’ विज्ञप्तीमा भनिएको छ । पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन गर्ने वातावरण निर्माण गर्न र आगामी दिनमा यस्ता घटना कसैबाट नदोहो¥याउन महासंघ सबै पक्षलाई आग्रह गरेको छ । यसै विच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जना युवालाई प्रकाउ गरेको छ । रघुपती केसी, शिवजी केसी, रामकृष्ण केसी, गुरुवा भनेर चिनिने रजिञ्त श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् ।
पत्रकार कैनी माथी आक्रमण
पत्रकार कैनी माथी आक्रमण
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


