×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रिपोर्टरको डायरी : वालुवा तस्कारबाट ज्यान जोगाउँदा….

  •  
  • सोमबार, माघ ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप कैनी

    माघ १, २०७४ गोरखा — विभिन्न ठाँउमा अवैद्य रुपमा ढुङ्गा, गिट्टी, बालुवाको मनोमानी निकासी भएको भन्दै केही दिनयता स्थानियले फोन गरिरहेका थिए ।

    मोटरसाईकलमै हुँदा मस्र्याङदी किनारका एक स्थानीयको फोन आयो । उनले भने ‘बालुवा निकाल्ने काम प्रहरीकै मिलेमतोमा भइरहेको छ, तपाई आईदिन मिल्छ ?’ प्रहरीलाई खबर गर्दा पनि नरोकेको भन्दै उनले गुनासो पोखे ।
    कान्तिपुर मुख्यालयस्थित जिल्ला व्युरोले पनि मलाई अवैद्य रुपमा गिट्टी बालुवा निकासीबारे ‘वाच’ गर्न अह्राएको थियो । आइतबार म यही बिषयमा रिपोर्टिङ गर्न मस्र्याङदी दोभानतिर गएँ । गोरखा र तनहुँको सिमाना मस्र्याङदी बगरमा अवैध उत्खनन भएको समाचार यसअघि पनि आएकै हो । गोरखातर्फ (मनकामना मन्दिर जाने झोलुङ्गे पुल भन्दा तल) बगरमा पुग्न घुमाउरोबाटो थियो । नदी पारी धेरै पर जानुपर्ने थियो । त्यसैले तनहुँकै क्षेत्रबाट रिर्पोटिङ गर्ने निर्णय लिएँ । अवैध खानीमा रिर्पोटिङ गर्न जानु अघि गुन्डा र तस्करहरुको जोखिम हुने जानकारी नभएको हैन ।
    करिब १२ बजेतिर गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र डिएसपी भेषराज रिजालसँग फोन सम्र्पक गरे । हाल खबर मात्र बुझें । गोरखाको मझुवा प्रहरी चौकी देउराली र तनहुँको आवँुखैरनी प्रहरी चौकीको समेत अवैध बालुवा निकासीमा संरक्षण रहेको जनगुनासो आएकाले फोनमा विस्तृत बताइनँ । केही परिहालेमा सम्पर्क गर्न सजिलो होस भनेर मात्र उहाँहरुको लोकेशन बुझेको थिएँ ।
    आँबुखैरनी बजार उत्रेर सरासर बगरतर्फ अघि बढें । बीच बाटोमा एक युवक भेटिए । ‘बालुवा कुन क्षेत्रबाट निकालिन्छ ?’ भनेर उनीसँग सोधपुछ गरे । उनले बगर देखाई दिए । युवकले बगर देखाउँदा अलिपर ४ जना युवक थिए । म सरासर आफनै सुरमा बगरमा पुगें । नदी छेउमा थुपारेको बालुवाको फोटो खिचें । नदी छेउमा करिब ८/९ बर्षे बालक पौडि खेलिरहेका थिए । उनीहरुले स्काभेटरले राति बालुवा निकाल्ने गरेको सुनाए । फोटो किन खिचेको भनेर साधे । मैले फेसबुकमा राख्न भनेर जिस्किएँ । उनले जबाफ फर्काए, ‘फेसबुकमा राखेर लाइक मात्रै आउने हो, केही हुन्न । सक्नु हुन्छ भने पत्रिकामा छपाउनु न ।’
    बगरमाथि बारीमा २ स्काभेटर, २ टिपर र टयाक्टर रोकेर राखिएको थियो । फोटो खिचेपछि स्थानीयसँग पनि सोधपुछ गर्ने मेरो सोचाइ थियो । सुरुमा देखिएका ४ युवा मतिर आए । ‘किन फोटो खिचेको ? कसलाई सोधेर खिचेको ?’ भनेर प्रश्न गर्न थालें । मैले ‘म पत्रकार हुँ, कान्तिपुरमा काम गर्छु’ भनेँ । विश्वास गरेनन् । पर्समा भएको भिजिटिङ कार्ड झिकेर देखाएँ । उनीहरुले खिचेको फोटो ‘डिलिट’ गर्न धम्की दिए । मैले परिचयपत्र नै झिकेर देखाएँ । अझै मानेनन । मुख छाडेर गाली गर्न थाले ।
    बगर छेउ, एकान्त ठाँउ र म एक्लो भएकाले मन केही डरायो । मेलै फोटो ‘डिलिट’ गरिदिने मनस्थिति बनाइसकेको थिएँ । उनीहरुले जबरजस्ती क्यामेरा खोसे । मैले मोबाइल झिकेर पोखरा ब्युरोमा फोन गरेँ । बलिया उनीहरुले मेरो फोन नै खासे । मैले ‘म बालुवा तस्करबाट खतरामा परे, प्रहरीलाई खबर गर्दिनू’ भन्न भ्याए ।
    मेरो क्यामेरा, दुई मोबाईल उनीहरुले कब्जामा लिए । उनीहरुले थप मान्छे बोलाए थप मान्छे आएपछि स्थिति फेरि तनावपूर्ण हुन थाल्यो । ‘खाते पत्रकार’ भन्दै गाली गर्न थाले । मैले ज्यान जोगाउन ‘सरी’ भनिरहे । खोसाखोस गर्दा मेरो क्यामेरा र मोबाईलमा क्षति पुगि सकेको थियो । यस अघि जेल सजाय भोगि सकेका ‘गुरु बा’ रञ्जित श्रेष्ठ र अर्का केसी थरका युवा साह्रै आक्रोशित र आक्रमक देखिन्थे । मेरो गरिखाने भाडो ‘क्यामेरा’ आखै अगाडी फुटाई छाडे । घाटी समातेर लछार पछार पारे । लातिले पिठ्युमा हानें । थप आउने मध्ये स्थानीय दुई व्यापारी पनि थिए । उनीहरु मेरो चिनजानका रहेछन् ।
    तिमीहरु कुरा बुझदैंनौं भन्दै ती युवाहरुलाई गाली गरेर मलाई कब्जाबाट मुक्त गरे । फुटेको क्यामेरा फिर्ता दिए । मोबाईल फिर्ता दिए । म आबुँखैरनी बजार आए । मलाई छुटकारा दिने मध्येका फोटो स्टुडियो संचालक श्याम केसीले क्यामेराको फोटाहरु डिलिट गरे । मलाई अन्यत्र हल्ला नगर्न धम्कीपूर्ण चेतावनी दिए । मैले ‘हस’ हुन्छ मात्र भने । त्यति बेला ज्यान जोगाउनु मात्र पनि ठूलो कुरा थियो ।
    उनलाई आग्रह गरेर मलाई गोरखाको मझुवा प्रहरी चौकीसम्म छाडदिन आग्रह गरे । त्यहाँ बस्न निकै असुरक्षित थियो । चौकी आएर पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर थापा, जिल्ला ब्युरो, पोखरा ब्युरो लगायत गोरखाका सबै पत्रकार, सुरक्षा प्रमुखहरुलाई घटनाको जानकारी गराए । गोरखाका सबै पत्रकार आँबुखैरनी हानिए । त्यतिबेला मलाई आक्रमणकारी को हुन् ? भन्ने केही थाहा थिएन ।
    पत्रकारहरु भेटिएपछि फेरि त्यहाँ अवैध खानीमा सामुहिक रिर्पोटिर्ङमा जाने निर्णय भयो । गयौ । स्थानीयले अवैध निकासी रोक्न प्रहरीलाई खबर गर्दा पनि वालुवा तस्करले अटेर गरेका रहेछन् । त्यहाँ प्रहरी मुकदर्शक बनेको रहेछ । उनीहरुले मनोमानी रुपमा दर्ता बिनै मस्र्याङदीको बालुवा निकालेर बेचबिखन गर्ने गरेका रहेछन् । त्यहाँ भेटिएका एक जना वृद्धाले भनिन, ‘बावु यहाँ बोल्न पाईदैन, लुटेर खाएका छन् ।’ बगरको बालुवा मनोमानी निकाल्दा बस्ती नै जोखिममा पर्ने भनेर स्थानिय त्रसित थिए ।
    त्यहाँबाट हामी आँबुखैरनी प्रहरी चौकी पुग्यौ । चौकीमा तस्करीमा संलग्न व्यक्तसँग उठबस भएका प्रहरी निरिक्षकसँग बसेर गफ गर्दै थिए । मलाई क्यामेरा बनाई दिने, पैसा दिने, नयाँ मोबाइल किनिदिने भनेर प्रलोभन देखाए । मैले कानुनी प्रक्रियामा जाने बताए । प्रहरीलाई ठाडो निवेदन दिएर, घाउ जाँचको लागि गोरखा अस्पताल आए ।
    मेरो घाटीमा चोट लागेको छ । प्रहरी निरिक्षक लोकबहादुर गुरुङले आक्रमणकारी प्रक्राउ परेको जानकारी दिए । स्थानीय गुण्डा श्रेष्ठ, रघुजति केसी, शिवजि केसी, रामकृष्ण केसी, सुवास केसी प्रक्राउ परेका रहेछन् । आक्रमणकारी त पक्राउ परे । तर अवैद्य बालुवा, गिट्टी तस्कारी गर्ने कार्यलाई स्थानीय प्रशासनले रोक्छ/रोक्दैन हेर्न बाँकीनै छ ।
    पत्रकारिता गर्दा जोखिम हुन सक्छ, त्यो जोखिम मोलेर भए पनि सत्य मर्न दिनुहुँदैन भन्ने मान्यता बोकेर हिडेको छु ।
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.