×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बजार क्षेत्रको मुख्य सडक दिनदिनै नाजुक बन्दै

  •  
  • बिहिबार, पुष २७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    पुस २७ गते । जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्रको सडक जिर्ण भएपछि समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । सडकमा खाल्डा खुल्डी बढेसंगै दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । ‘यो त राज्यको लापरवाहीको नमुना हो, डेढ बर्ष भन्दा बढि भैसक्यो सडक बिग्रन थालेको, कसैलाई केइ मतलबै छैन’ हरमटारीका राजकुमार श्रेष्ठ भन्छन्, ‘बजारमा दिन प्रतिदिन गाडीको चाप बढेको बढै छ, बाटो साँघुरो छ, बाटोको हालत देखिहाल्नुभाको छ, पिचको नामै सक्किसक्यो ।’
    बजार भित्रै प्रतिक्षालयदेखि खोलखोलेसम्मको सडकमा कालोपत्रे उप्किएर ठूला खाल्डा खुल्डी परेकाले यातायात र पैदलयात्रुलाई समस्या हुने गरेको गुनासो बढेको छ । ‘रोड जस्तै छैन, ठूलठूला खाल्डा छन्, ओरालो बाटो अनि त्यसमाथी पनि साँघुरो छ’ पैदलयात्री विवेक रानाले भने ।
    एक लेनको साघुरो सडक भएकाले बजारमा दोहोरो गाडी गुडाउन समेत नमिल्ने यस क्षेत्रको सडकमा खाल्डा खल्डी बढेपछि सवारी चलाउने चालकहरुलाई चिन्ता बढेको छ । ‘६०÷७० लाख हालेर गाडी किन्यो, सडकको हालत यस्तो छ, खाल्डोमा हालम गाडी ठोक्किन्छ, नहालम जाने ठाउँ नै हुदैन’ माइक्रो चालक चेत बहादुर भुजेलले भने, ‘म गोरखा आको दुई बर्ष भो, आएदेखि नै यस्तै देख्छु, कस्ले बनाउने ?’
    बढ्दो सहरीकरण संगै बजार क्षेत्रमा गाडीको समेत चाप बढेकाले त्यसै त ट्राफिक जाम बढेको र त्यसमाथी मुख्य सडक जिर्ण नै बन्दा झनै सास्ती थपिएको छ । गोरखाबजारको हरमटारी चोक, आयुर्वेदचोक, प्रतिक्षालय, पेट्रोल पम्प, चाइनिजधारा, खोलखोले क्षेत्रका सडकमा ठूला ठूला खाल्डो परेपछि दैनिक आवत जावतमा प्रभाव पारेको छ । बजारको मुख्य चोकका सडक जिर्ण हुदा समेत नियमन निकाय मौन बसेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
    यता गोरखा नगरपालिकाका मेयर राजनराज पन्त भने अब केही दिनमा नै सडक निर्माणको काम सुरु हुने दावी गर्छन् । ‘यो सडक हामीले बनाउने हैन, दमौली सडक डिभिजनले जिम्मा लिएको सडक हो यो, मैले धेरै पटक उनिहरुलाई भनिसकेको छु, अब २÷४ दिनमा काम सुरु गर्छौ भनेका छन्’ मेयर पन्तले भने ।
    केही दिनमा गोरखा–आँबुखैरेनीको दाँयाबाँया सडक पिचको काम पनि सुरु हुने उनको दावी छ । ‘केही आन्तिरिक कुराले काम रोकिएको थियो, मन्त्रालयबाट सबै समस्या हल भइसकेको छ, अब सबै काम एकै चोटी हुन्छ’ पेट्रोलपम्पदेखि चाइनिजधारासम्मको सडक अति जिर्ण भएकाले सो सडक भने नयाँ टेण्डर गरी ढलान गर्ने तयारी भइरहेको पन्तको भनाई छ । आगामी चैत १५ गतेसम्म गोरखा–आँबुखैरेनी सडकको सम्पूर्ण काम सम्पन्न गर्ने गरी दमौली कार्यालयले काम सुरु गर्न लागेको जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.